ट्रेंडिंग:

>> प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा रायमाझी, चार पत्रकार सम्मानित >> औद्योगिक ग्रामको काम बीचमै अलपत्र >> लमही मेलामा दर्शक बढ्दै >> क्रिकेटमा एनसेल र क्यानबीच सहकार्य >> राजनीतिको अस्थिरता कहिलेसम्म ? >> जयसिंहको परिवारलाई न्याय खोई ? >> पालिकाका प्रमुख प्रशासकीय अधिकृतः किन गएनन् सरुवा भएको कार्यालय ? >> उमेर ढल्किदा ‘कक्षाकोठा प्यारो’ >> आजको मौसम : तराईमा हुस्सु र कुहिरो कम हुँदै >> ओली र शेरबहादुरलाई बर्षमानको कटाक्ष : बेचन झा र भुटानी शर्णार्थी काण्ड खै ? >> मधेश पर्यटनः ब्रान्डिङ्ग कहिले ? >> संसदको हिउँदे अधिवेशन सुरु हुँदै : प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने, अध्यादेश पेस हुने >> मानव सेवा नै ठूलो धर्म : प्रदेश प्रमुख घर्ती  >> ग्लोबलको १६ औँ बार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर हुने >> पर्यटन मतः पर्यटन क्षेत्र चलायमान कसरी ? >> निःशुल्क ज्योतिष शिविर सम्पन्न >> बुटवल बहुमुखी क्याम्पसमा ‘बिजनेस ह्याकाथन २०२५’ सुरु >> स्थानीय तहमा अस्पताल निर्माणको गति सुस्त >> स्थापना दिवसमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग >> बुटवलमा मनाईयो सोनाम ल्होसार >> हमासले नियन्त्रण लिएका ७ बन्दी छुटाउने समारोह सुरू >> पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित >> कमलबजारदेखि साँइखोला जोड्ने ३३ केभी प्रसारण लाइनको काम सुरु >> तराई मधेस केन्द्रित ८ दलको बैठक सुरू >> ठूलो मात्रामा उत्पादन गरेर अन्तर्राष्ट्रिय व्यापार बढाउन प्रधानमन्त्रीको आग्रह >> माओवादी संसदीय दलको बैठक जारी >> प्रचण्ड र अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीबीच भेटवार्ता >> खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने >> पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य >> महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा >> माघ १८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छः उपसभापति गुरुङ >> भद्रपुर झापा गोल्डकप: दर्शकले पनि टिभीएस मोटरसाइकल जित्न सक्ने >> आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ >> बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै >> अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु >> नेकपा एसको सचिवालय बैठक सुरू >> सरकार ढल्छ भनेर म्याद तोक्नेहरू कांग्रेस–एमालेको सम्बन्ध सुधार भएको देखेर छटपटाएः प्रदीप ज्ञवाली >> एक घर, एक धाराः आधारभूत तहमा खानेपानी पहुँच सुनिश्चित – मुख्यमन्त्री आचार्य >> रुकुम पश्चिमका ९ हजार छात्रालाई ‘एचपिभी खोप’ लगाइने >> बिरगंजमा एसपी मिश्रको आगमनसँगै तस्करहरूको भागाभाग >> दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू >> कर्णालीका एक लाख २० हजार किशोरीलाई खोप लगाइदै >> कालीगण्डकी डाइभर्सन हुन्छ : उपमहासचिव पुन >> सेनाको हेलिकप्टर र अमेरिकी एयरलाइन्सको विमान ठोक्किँदा १८ जनाको मृत्यु >> ल्होसारले बाल्यकालको सम्झना गराउने प्रधानमन्त्रीको भनाई >> अमेरिकी डलरको भाउ सामान्य बढ्यो, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार हेर्नुहाेस् >> सामसङले ल्यायो भ्यालेन्टाइन सिजन अफर >> डढेलोको बढ्दो ग्राफ र हिँड्नुपर्ने बाटो >> किसानको पीडामाथि मल्हम लगाउने प्रयास >> ‘बिजनेस प्लान’ मा वाणिज्य क्याम्पस प्रथम

पूर्वी नवलपरासीमा माछापालन गर्ने किसान बढे

३० भाद्र २०८०, शनिबार
३० भाद्र २०८०, शनिबार

नवलपुर, ३० भदौ ।

पूर्वी नवलपरासीमा माछा पालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा गत बर्ष व्यावसायिक माछा पोखरीको क्षेत्रफलमा वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीको तथ्याङ्कले देखाएको छ ।

मत्य विकास कार्यालयका अनुुसार अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लामा एक सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको थियो । आर्थिक वर्ष २०७७÷०७८ मा उक्त क्षेत्रफलमा वृद्धि भएर दुई सय १० हेक्टर पुगेको थियो । एक वर्षको अन्तरालमा करिब ३० हेक्टर क्षेत्रफल बृद्धि भएको छ ।

सात सय हेक्टर क्षेत्रफलमा प्राकृतिक पोखरीमै किसानले माछा पालन गर्दै आएका छन् । गत वर्ष कार्यालयको अनुदान मार्फत् ५२ रोपनीमा नयाँ पोखरी विस्तार गरिएको छ । जिल्लामा माछा उत्पादनमा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आठ सय ९५ मेट्रिक टन उत्पादन भएको थियो भने पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा एक हजार ५५५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ ।

कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढी हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने जनाइएको छ । जिल्लामा कार्यालय स्थापनापछि माछा पालनतर्फ प्रत्यक्ष रुपमा विभिन्न अनुदानका कार्यक्रम समेत उपलब्ध गराएका कारणले समेत माछा पालनमा किसानहरुले रुची देखाएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए । यस वर्ष समेत कार्यालयले नयाँ माछा पोखरी निर्माण, पुरानो मर्मत र माछाका भुरामा आवश्यक अनुदान दिने जनाएको छ ।

यहाँका स्थानीय तहले समेत माछा पालन पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराउँदै आएका छन् । कावासोती र देवचुलीको विभिन्न वडालाई माछा पकेट क्षेत्र घोषणा गरेर विभिन्न अनुदान उपलब्ध गराईदै आएको छ । जिल्लाको कावासोती, देवचुली र मध्यविन्दुमा माछा पालन गर्ने किसानको संख्या बढिरहेको लामिछानेले बताए ।

यसैबीच भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा माछाको ल्याव स्थापना गरिने भएको छ । दशैअघि नै ल्याव स्थापना गर्नेगरी कार्य अघि बढाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । कार्यालय हाताभित्र नै ल्याव स्थापना गरिने छ ।

ल्यावका लागि आवश्यक सामग्री खरीद गर्ने क्रममा रहेको छ । अहिले माछा पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरुले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका छन् । जिल्लामा ल्याव नहुँदा माछापालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याव स्थापना हुने भएपछि माछापालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मद्दत् पुग्ने माछा कृषक ईन्द्रमणि भुसालले बताए ।

बाहिरबाट आउने माछामा फर्मालिनको अत्यधिक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ ।

ल्याव स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने लामिछानेले बताए । यस्तै पोखरीको पानीको गुणस्तर जाँच, माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याव स्थापनापछि जिल्लाका माछापालक किसान लाभान्वित हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?