ट्रेंडिंग:

>> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी

‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला

१४ माघ २०८१, सोमबार
१४ माघ २०८१, सोमबार

गण्डकी, १४ माघ ।
बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परिन् ।पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र ? किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उनका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो । बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको बगान छिचोल्दै ‘बासखर्क सुन्तला महोत्सव’मा सहभागी हुनपुगेकी मन्त्री श्रेष्ठले बाँसखर्कलाई सुन्तलाखर्कका रूपमा चिनाउनुपर्ने बताइन् ।

“यहाँको सन्तुलाबारे मन्त्रालयमा पछि छलफल हुन्थ्यो, साथीहरूबाट पनि धेरै कुरा सुनेकी थिएँ, तर आफैंले प्रत्यक्ष देख्दा यो ठाउँलाई बाँसखर्क नभई सुन्तलाखर्क भन्दा अझ उपयुक्त हुन्छ जस्तो मलाई लाग्यो”, मन्तव्यका क्रममा उनले भनिन् ।
पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा आयोजित महोत्सवमा पुगेका जोकोही त्यहाँको सुन्तलाखेती देखेर अचम्मित बने । बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले गाउँभरि सुन्तलाको बगान देखेर आफू प्रभावित भएको सुनाए । “एउटै बोटमा यतिधेरै सुन्तला फलेको धेरै काममात्र देखिन्छ, यहाँ त बगान नै लटरम्म बनेको छ, गाउँ नै सुन्तलाले ढाकेको छ”, उनले भने ।

गाउँका अगुवा सुन्तला किसान मेखबहादुर खत्रीका अनुसार यस वर्ष बाँसखर्कमा सुन्तला अत्यधिक फल्यो । उनले १८ करोड ४४ लाख ४७ हजारको सुन्तला उत्पादन भएको जानकारी दिए । एक हजार पाँच सय रोपनी जमिनमा सुन्तलाखेती गरिएकामा फल दिने बोट २६ हजार सात सय छ र हुर्कँदै गरेका बोटको संख्या २४ हजार चार सय ४५ रहेको किसान खत्रीले बताए ।

कुल ५१ हजार एक सय ५१ बोट रहेकामा सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झण्डै ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ । अगुवा कृषक जतबहादुर खत्रीको बगानमा वर्षमा ३५ लाख बराबरको सुन्तला फल्ने गरेको छ । उनले २५ रोपनीमा सुन्तलाखेती गर्दै आएका छन् ।

अर्का अगुवा किसान शान्तबहादुर छिन्तेलले वार्षिक रु २३ लाख र हेमबहादुर अर्मजाले १९ लाख बराबरको सुन्तला उत्पादन गर्दै आएका छन् । तेजबहादुर खत्री र नरबहादुर पाइजाले सुन्तलाको नर्सरी सञ्चालन गर्दै आएका छन् ।
“व्यवासायिक सुन्तलाखेतीले बाँसखर्कका किसानको जीवनस्तर नै बदलिएको छ, सुन्तला बेचेर वर्षको पाँच लाखदेखि ४० लाखसम्म कमाउने किसान यहाँ हुनुहुन्छ”, अगुवा किसान मेखबहादुर खत्रीले भने । बाँसखर्कको सुन्तला पोखरा, मुग्लिन, नारायणगण, काठमाडौँलगायत ठाउँमा खपत हुने गरेको उनको भनाइ छ । उनका अनुसार जलजला–१ को मालगाउँ र घुमाउने तालको केही ठाउँबाहेक बाँसखर्कको अधिकांश क्षेत्रमा सुन्तलाखेती हुँदै आएको छ । वि.सं. १९९७–९८ तिर बाँसखर्कको बजारमारे र वीरमारेमा केही सुन्तलाका बोट देखिएको र त्यसपछि समयक्रममा सुन्तलाखेती विस्तार हुँदै आएको उनले बताए ।

विसं २०२८ मा कृषि विकास बैंकले सुन्तलाखेती गर्ने किसानलाई ऋण दिन थालेपछि बाँसखर्कमा सुन्तलाखेती सुरु भएको गाउँका अगुवा किसान बताउँछन् ।पोखरासम्म सडक पहुँच विस्तार भएपछि २०५२–२०५३ सालदेखि बाँसखर्कका किसानले व्यावसायिक रूपमा सुन्तलाखेती सुरु गरेका हुन् । दुई सय ३९ घरपरिवार रहेको बाँसखर्कका अधिकांश किसान सुन्तलाखेतीमा आबद्ध छन् । किसानले सुन्तलाखेतीको विकल्प देख्न छाडिसकेका छन् ।

उत्तरी मोहडातर्फ भिरालो जमिनमा फैलिएको बाँसखर्क सुन्तलाखेतीका लागि उत्तम रहेको गाउँपालिकाका कृषि अधिकृत राजु गौतमले बताए। “यहाँको मुख्य विशेषता भनेको हिमालतिर फर्किएको जमिन छ, सुन्तलाखेतीका लागि सुहाउँदो हावापानी छ, कालो माटो र पारिलो ठाउँ भएकाले सुन्तलाखेती फस्टाएको छ”, उनले भने, “अन्यत्र बगान रित्तिसक्दा पनि बाँसखर्कमा माघ–फागुनसम्मै सुन्तला रहन्छ ।”बाँसखर्क समुद्री सतहबाट एक हजार एक सय मिटरदेखि एक हजार नौ सय मिटरसम्ममा फैलिएको छ । वडाध्यक्ष जकबहादुर रोकाले सुन्तला ढुवानीका लागि बाँसखर्क जोड्ने सडकको स्तरोन्नति हुनसके किसानलाई थप सुविधा पुग्ने बताए ।

सिँचाइ सुविधा, पहिरो नियन्त्रण र सुन्तला बगानमा रहेको विद्युत् तारको व्यवस्थापन नहुँदा किसानले समस्या भोग्दै आएको उनको भनाइ छ । गाउँपालिका र १ नं वडा कार्यालय मिलेर आयोजना गरिएको महोत्सवमा सुन्तलाखेतीसम्बन्धी प्रविधि प्रसार, सुन्तला प्रदर्शनीलगायत कार्यक्रम गरिएको थियो । उत्कृष्ट किसानलाई नगदसहित सम्मान गरिएको थियो। महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रदर्शनी राखिएको थियो । एक दिनमात्र सञ्चालित उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, राष्ट्रियसभा सदस्य मनरूपा शर्मालगायत विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
सो अवसरमा मुख्यमन्त्री पाण्डेले बाँसखर्कलाई सुन्तलाको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले म्याग्दी सदरमुकाम बेनीबाट बाँसखर्क जोड्ने सडक स्तरोन्नतिका लागि आगामी बजेटमा योजना समावेश गर्ने बताए । मुख्यमन्त्री पाण्डेले सुन्तलाखेती गर्ने किसानलाई सीप र प्रविधि हस्तान्तरणमा ५० प्रतिशतसम्म अनुदान उपलब्ध गराइने बताए । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बाँसखर्कको सुन्तलाको प्रवद्र्धन र बजारीकरणका साथै किसानलाई सुन्तलाखेतीतर्फ थप प्रोत्साहित गर्ने ध्येयले सुन्तला महोत्सव आयोजना गरिएको बताए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?