Butwal Today

स्थापना दिवसमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग

१७ माघ २०८१, बिहीबार
अ+
अ-

बुटवल, १७ माघ । नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशको पाँचौ स्थापना दिवसको अवसरमा जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेको छ । लुम्बिनी प्रदेश र जिल्ला शाखा रुपन्देहीको संयुक्त आयोजनामा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई बिहिबार एक कार्यक्रम गरि २५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, केन्द्रीय पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका निवर्तमान (संस्थापक) अध्यक्ष शिव ज्ञवालीले ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेलाई सहयोग रकम हस्तान्तरण गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि राम प्रसाद खरेलले औषधी ब्यवसायी संघ ब्यवसायीक हितसंगै आफनो गरिमा सधै उचो बनाउने गरि समुदायमा अग्रसर रहेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डले समुदायमा रहेका विभिन्न संघसंस्थाहरुको सहयोगबाट नै जेष्ठ नागरिक केन्द्र संचालन गर्न सकिएको भन्दै यस्ता कार्यक्रमबाट उर्जा मिलेको बताए ।

कार्यक्रममा विशेष सल्लाहकार डा. रोहितराज क्षेत्री, सल्लाहकार मोहन प्रसाद पाण्डे, जिल्ला शाखाका का.वा अध्यक्ष पुरुषोत्तम भट्टराई, प्रदेश सचिव इन्द्र प्रसाद भट्टराई (विष्णु) ले संस्थाको वार्षिक कार्ययोजना अनुसार यसवर्ष जेष्ठ नागरिक केन्द्रमा सहयोग गरेको भन्दै यो कार्यक्रमबाट संघका पदाधिकारी, सदस्यहरुलाई आफनो शुभकार्यमा थप सहयोग गर्ने वातावरण सृजना भएको बताए ।