© २०२३
बुटवल,१७ माघ ।
८औं लाफा दोस्रो मेयर कप खुल्ला ब्याडमिन्टन रुपन्देहीको तिलोतमामा सुरू भएको छ । लाफा समूह बुटबलले आयोजना गरेको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरू भएको छ। स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने उद्देश्य सहित आयोजित यस प्रतियोगितामा खुल्ला तर्फ विभिन्न क्षेत्रबाट १ सय ५० बढी टोलीको सहभागिता रहेको छ।प्रतियोगितामा सुपर भेटान्स (५५ वर्ष माथि) तर्फ १६ टोली र भूपू एक्स खेलाडी तर्फ ६४ टोलीले भाग लिएका छन्। सेमी भेटान्स (३० वर्ष माथि) तर्फ ६४ टोलीको सहभागिता रहेको र भेटान्स (४५ वर्ष माथि) ६४ टोलीको सहभागिता रहेको लाफा समूह बुटबलका अध्यक्ष बविन थापाले बताए।
प्रतियोगितामा खेल्ला तर्फ प्रथम हुनेले नगद ८० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र हात पार्नेछन्। तेस्रो हुनेले नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र हात पार्नेछन्। त्यस्तै, सुपर भेटान्स तर्फ प्रथम हुनेले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। तेस्रो हुनेले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र हात पार्नेछन्।भूपू तर्फ खेल तर्फ प्रथम हुनेले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्।
तेस्रो हुनेले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्।सेमी भेटान्स तर्फ प्रथम हुनेले नगद ३० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। दोस्रो हुनेले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। तेस्रो हुनेले नगद १० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्।लाफा समूहका वरिष्ठ उपाध्यक्ष ज्ञानु सारूले जानकारी दिए। प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने सचिव टिप रानाले बताए।
