ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

एक घर, एक धाराः आधारभूत तहमा खानेपानी पहुँच सुनिश्चित – मुख्यमन्त्री आचार्य

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

लमही,१७ माघ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानी पहुँच सुनिश्चित गरेको बताएका छन्।

भालुबाङमा बिहीबार आयोजित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्णायक तहमा महिलाको भूमिका विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि बढाएको अभियानले ९२ प्रतिशत जनतालाई खानेपानीको पहुँचमा ल्याएको जानकारी दिए। अब सुरक्षित पानीको सुनिश्चिततामा सरकार प्रतिबद्ध रहेको उनले बताए।

“प्रदेश सरकार स्थापनाअघि र अहिलेको खानेपानी अवस्थाको तुलना गरौँ। जनतामा खानेपानी पुर्‍याउन सरकार सघन रूपमा योजना अघि बढाइरहेको छ,” उनले भने, “अब आधारभूत मात्र होइन, स्वच्छ पानी पुर्‍याउने संकल्प गरेका छौँ।”

३,१७० खानेपानी आयोजना सञ्चालनमा

लुम्बिनी प्रदेशमा हाल साना-ठूला गरी ३,१७० खानेपानी आयोजना सञ्चालनमा छन्। जसअनुसार १५ लाख ७ हजार ६६३ नागरिक शुद्ध खानेपानीको पहुँचमा पुगेका छन्, भने २ लाख ३७ हजार ३४८ धारा वितरण भइसकेका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ मा १,३९० आयोजना सञ्चालनका लागि १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसै सन्दर्भमा, अघिल्ला सरकारले सुरु गरेका तर ८० प्रतिशत मात्र सम्पन्न भएका १५६ आयोजनाहरू यस वर्ष पूरा गरी पानी वितरण गरिनेछ। यी योजनाहरू पूरा भएपछि ७ लाख ७ हजार उपभोक्ता थप रूपमा लाभान्वित हुने अनुमान गरिएको छ।

अधुरा आयोजना सम्पन्न गर्ने रणनीति

“जहाँ हात हाल्छौँ, त्यहाँ सफलता प्राप्त हुन जरुरी छ,” मुख्यमन्त्री आचार्यले भने, “अधुरा आयोजना पूरा गर्न सरकार प्रतिबद्ध छ। आगामी वर्ष ६०-८० प्रतिशत सम्पन्न भएका आयोजनाहरूलाई बजेट थप गरेर पूरा गरिनेछ।”

संविधानले प्रदत्त खानेपानीको अधिकार कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याउँदै मुख्यमन्त्री आचार्यले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा महिलाको सहभागिता सुनिश्चित भए पनि अर्थपूर्ण भूमिका आवश्यक रहेको बताए।

“शहरी क्षेत्रमा महिलाको भूमिका अर्थपूर्ण देखिए पनि ग्रामीण क्षेत्रमा सहभागितामा मात्र सीमित छ। त्यसैले ग्रामीण संस्थाहरूमा महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ,” उनले जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?