ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

लोक संस्कृति संरक्षण र हाम्रो दायित्व

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

परम्परादेखि स्थापित सांस्कृतिक मूल्य–मान्यतालाई जीवन्त राख्न तत्कालीन राजाहरूले सामाजिक सुधार गरेका थिए । जीवन र जगत सम्बन्धी सत्य तथा सामाजिक चेतनाको रूप वा सामाजिक उपयोगितामा आधारित मूल्यको खोज नै सुसंस्कृत जीवन दर्शन हो । कौटिल्यद्वारा आन्विक्षिकीलाई विद्याका बलाबल पक्षलाई युक्तिपूर्वक विवेचना गरी लोकको उपकार गर्ने, बुद्धिलाई सुख र दुःखबाट माथि उठाई स्थिर बनाउने र प्रज्ञालाई चिन्तन मननका निम्ति सक्षम बनाउने विद्या भनी चिनाएको छ । पूर्वीय दर्शनमा पनि सांख्य दर्शन, योग दर्शन न्याय दर्शन, वैश्यसिक दर्शन, मीमांस दर्शन, वेदान्त दर्शन, जैन दर्शनजस्ता दर्शनहरू रहेका छन् । पूर्वीय दर्शन नेपाली संस्कार र संस्कृतिको द्योतकका रूपमा रहिआएको छ । नेपालको संस्कृतिको विकासमा गोपालवंश, महिषपाल, किराँतकाल, लिच्छवि, मल्लकालदेखि आधुनिक कालसम्म आईपुग्दा विभिन्न उतारचढाव हुदै आएको छ । इसाको पहिलो इतिहासदेखि नवौँ इतिहासमा लिच्छविकालीन शासनको उपज नै नेपाली समाजको संरचना हो । त्यसबेला नेपालमा जातीय व्यवस्थाको ऐतिहासिक जग बसेको थियो ।

लिच्छविकालमा केन्द्रदेखि ग्रामसम्मको प्रशासनिक व्यवस्था गरेको र हिन्दू तथा बौद्ध धर्म तथा दर्शनमा आधारित सांस्कृतिक एवम् सामाजिक संरचना, लिच्छवि लिपि र संस्कृत भाषा, धार्मिक सहिष्णुतासाथै विभिन्न प्रथा, चाडपर्वजस्ता प्रमुख सांस्कृतिक मूल्य र मान्यता भित्र रहेका विविधता नै शृजनशिलताका श्रोत हुन् । नेपालमा जातजाति, जनजातिहरूले आफ्नो मौलिक एवम् विशिष्ट संस्कृतिलाई जीवन्त बनाएका छन् । हिन्दू धर्म तथा दर्शनबाट निर्देशित सामाजिक, सांस्कृतिक बहुलताभित्र पाइने सद्भाव, प्राचीनकालदेखि सांस्कृतिक तादम्यता, जाति तथा वर्ण व्यवस्थामा आधारित सांस्कृतिक परम्परा, विविध जातजातिका आ–आफ्नै संस्कार, कला तथा वास्तुकलाको भण्डार, पितृ सत्तात्मक सामाजिक, सांस्कृतिक स्वरूप आदि जस्ता पक्षलाई नेपाली संस्कृतिको प्रमुख विशेषता मानिन्छ । नेपालको संस्कृतिमा पूर्वीय दर्शनले स्थापित गरेका मूल्य–मान्यताहरूको प्रभाव उल्लेखनीय छ ।

परम्परागत लोक संस्कृतिले हाम्रो जीवनलाई सरल र रमाइलो बनाउने एउटा यस्तो कला र विश्वास हो, जुन एउटा पुस्तादेखि अर्काे पुस्तामा हस्तान्तरण गरिन्छ । संस्कृतिलाई ‘सम्पूर्ण समाजको जीवन पद्धति’ भनिन्छ । यसले एउटा मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कलाबारे समावेश गरेको हुन्छ । अर्काे शब्दमा भन्नुपर्दा यो एउटा समुदाय वा समाजभित्र हुने मानवीय गतिविधि हो । रीतिरिवाज, कानुन, पोसाक, वास्तुशैली, सामाजिक स्तर र परम्पराहरू सबै सांस्कृतिक तत्वका उदाहरणहरू हुन् । सबै देशहरूको आ–आफ्नै फरक फरक संस्कृतिहरू हुने गर्छन् । देशभित्र हुने समाज वा समुदायहरूको पनि संस्कृति छुट्टाछुट्टै हुन्छन् । तर, सबैको फरक–फरक संस्कृति भएपनि सबैले आफ्नो संस्कृतिको रक्षा र सामान गर्ने गर्छन् र सबैले आफ्नो संस्कृतिका लागि आफ्नो मनमा एउटा विशिष्ट स्थान राखेका हुन्छन् । संस्कृतिबारे नेपालको आफ्नै धार्मिक संस्कार र परम्परा छन्, जो निकै समृद्ध छ । हाम्रो संस्कृति हाम्रो राष्ट्रको जीवन शैलीबाट लिइएको हो । नेपाली संस्कृति एउटा पुस्तादेखि अर्काे पुस्तामा हस्तान्तरण हुँदै आएको छ । यो एक यस्तो बहुमूल्य खजाना हो, जुन नेपालीहरूले ठूलो गर्वको भावनाका साथ प्रदर्शन गर्ने गर्छन् । नेपाली संस्कृति धेरै पुरानो र सबैभन्दा चाखलाग्दो संस्कृतिहरूमध्ये एक हो । अहिले आफै बस्ने क्षेत्रबाट नियाल्दा बाणगङ्गाको भूगोल, जाति, परम्परा, धर्मदेखि लिएर अरू सबै भागमा विविधता पाइन्छ । यसले हाम्रो संस्कृतिलाई विविधतायुक्त पनि बनाएको छ । हामी देशका विभिन्न भागहरूमा फरक–फरक सांस्कृतिक आस्थाहरू पाउन सक्छौँ । नेपालको संस्कृति र परम्परा यसको जातीय, धर्म, मूल्य–मान्यता र सामाजिक गौरव हो । बाणगङ्गा नगरको कुरा गर्दा विविध जाती, धर्म, भेषभुषा, कला संस्कृति, थारु, पहाडी, मधेसी, मुस्लिम, बौद्ध, इसाईबीचको सहिष्णुतामा यहाँको फरक परिचय थारु पहिरन र विविध साँस्कृतिक जात्रा, संगीत, नृत्य, कला, साहित्य, लोकगीत र आ–आफ्नै भाषामा झल्कन्छ । यसले नेपाली जीवनशैलीले के देखाउन र प्रस्ताव गर्न सक्छ भन्ने कुराको प्रदर्शन पनि गर्दछ । नेपालको संस्कृति राष्ट्रको समृद्ध, मेलमिलाप र विविधतायुक्त समाजको प्रतीक हो ।

संस्कृति भनेको एकदम महत्वपूर्ण हुन्छ भन्ने कुरा त अहिलेको समयमा सबैलाई थाहा भएकै कुरा हो । तर, धेरैजसो मानिसले यो महत्वपूर्ण तथ्यलाई बिर्सिन्छन् । विशेषगरी संस्कृतिबारे थाहा भएरपनि आजकालका युवाहरूले आफ्नो संस्कृतिलाई प्रवद्र्धन र रक्षा गर्दैनन् । र, उल्टै अन्य देशको संस्कृति पछ्याउने होडबाजी हुनु दुःखद हो । संस्कृति सबै देश अथवा समूहको लागि एउटा महत्वपूर्ण विषय हो । अझ नेपालका लागि त यसको संस्कृति एकदमै महत्वपूर्ण छ । हाम्रो संस्कृतिले सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्छ । यसले नेपाली जनतालाई राष्ट्रिय पहिचानको भावना प्रदान गर्न पनि मद्दत गर्छ । हाम्रो संस्कृतिले विभिन्न जातीय समूहहरूबीच सहिष्णुता र समझदारीलाई बढावा दिन्छ । द्वन्द्व अथवा झैझगडा रोक्छ । शृजनशिलता र शान्ति प्रवद्र्धन गर्न पनि मद्दत गर्छ ।

संस्कृतिको रक्षा गर्नु भनेको हाम्रो सबैभन्दा पहिलो र महत्वपूर्ण कर्तव्य वा धर्म हो । यसका लागि हामीले संग्रहालयमा गएर सांस्कृतिक स्थलहरूको भ्रमण गर्ने, संस्कृतिबारे लेखिएको साहित्य र कविता पढ्ने, आगामी पुस्तालाई सांस्कृतिक ज्ञान प्रदान गर्ने, भत्किएका सम्पदालाई समयमै मर्मत गरी मौलिकता कायम गर्ने, यस्ता सम्पदाहरूलाई चोरी हुनबाट जोगाउने, यी सम्पदाहरूको संरक्षण गर्न समुदायका युवाहरूले विभिन्न क्लबहरू स्थापना गर्ने र सम्पदा वरपर सरसफाइ राख्नेजस्ता सिक्ने सिकाउने कामहरू गर्न सक्छौँ । पछिल्लो समय आ–आफ्ना जातीय परम्परागत मान्यताको संरक्षणमा सबैको चासो पुगेको देखिनु गौरवान्वित पक्ष छ । जस्तै थारु, पहाडी, बाहुन, क्षेत्री, नेवार, गुरुङ्ग, मगर, मधेसी सबै समुदायका आ– आफ्ना भेषभुषासंगै, थारु गित, सोरठी, झ्याउरे, भजन किर्तन, लाखे नाच, सराय जात्रा, देउसी भैलो, तिज गित, संगीत र नृत्य नाटकहरूसंगै भाषा, कला र बिबिध साहित्यको क्षेत्रमा सिक्ने सिकाउने अभियानमा युवाहरूको चासोले समग्र कपिलवस्तु सहित बाणगङ्गाको फरक चिनारी बनाउने आशा बोकेको पाईन्छ । अतः हाम्रो संस्कृति भनेको हाम्रो दायित्व हो । हाम्रो संस्कृति भनेको हाम्रो पहिचान हो । हाम्रो संस्कृति नभए हाम्रो देश रहँदैन र देश नरहे हामी जनता पनि रहँदैनौँ । त्यसैले देशको सबै नागरिकले संस्कृतिको महत्व बुझ्नुपर्छ र जो जहाँ छौ, आ–आफ्नै स्थानबाट संस्कृति संरक्षण गर्न आफूले सक्ने जति सहयोग पु¥याउन नहिचकिचाउने हो भने संस्कृति संरक्षण संगै सिर्जनशीलताको विकास गराउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?