ट्रेंडिंग:

>> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त

कर्मचारीको आन्दोलनमा पालिका अध्यक्षको साथ, नैतिक संकटमा वडाध्यक्ष

७ फाल्गुन २०८१, बुधबार
७ फाल्गुन २०८१, बुधबार

भैरहवा ।

रूपन्देही जिल्लाको रोहिणी गाउंपालिकामा वडा अध्यक्ष र शिक्षा शाखा प्रमुख बिचमा भएको द्वन्द्वले कामकाज ठप्प भएको छ । यता कर्मचारीको आन्दोलनलाई गाउंपालिका अध्यक्ष विद्या यादवले साथ दिएका छन् ।

पालिका अध्यक्ष नै कर्मचारी पीडित भएको र वडा अध्यक्षले कर्मचारीलाई भौतिक आक्रमण गर्नु निन्दनीय भएको भन्दै अध्यक्षलाई कारबाहीको माग गरेका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेमाथि आक्रमण गर्ने वडाअध्यक्षलाई कारवाहीको माग गरिएको छ ।

कार्यपालिकाको बैठकमा आवश्यक राय÷सल्लाह माग गर्न आमन्त्रण गरिएका राष्ट्रसेवक कर्मचारीमाथि भौतिक आक्रमण गर्नु र समग्र कर्मचारी वर्गकै मनोबल गिर्ने गरी कानूनविपरीत कार्यालय परिसरमै आक्रमण गरी घाइते बनाउने रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानलाई आवश्यक कारवाही गर्न माग गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विज्ञप्ती जारी गर्दै रोहिणी गाउँपालिकाको यही फागुन ५ गतेको कार्यपालिका बैठकमा छलफलको क्रममा गाउँपालिकाका शाखा अधिकृत, अधिकृतस्तर आठौं तह शिक्षा शाखामा कार्यरत मधु प्रसाद घिमिरेले आफ्ना विचार प्रस्तुत गर्ने सन्दर्भमा वडाअध्यक्ष खानले भौतिक रुपमा आक्रमण गरी गालीगलौज, अपशब्द र अभद्र व्यवहार गरेको हुँदा यसले समग्र रोहिणी गाउँपालिकाको कार्यवातावरणमा नकारात्मक असर परेको उल्लेख गरेका छन् ।

‘निज करम हुसेज खानका गतिविधिहरु विगतमा पनि अमर्यादित रहँदै आएको कुरा गत वर्ष आर्थिक प्रशासन शाखामा अभद्र व्यवहार गरी आर्थिक प्रशासन बन्द गर्ने र गाउँ कार्यपालिकामा कुर्सी तथा टेबल फोरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको घटनाबाट पनि प्रष्ट हुन आउँछ’ विज्ञप्तीमा भनिएको छ–‘आर्थिक वर्ष २०८०–०८१ को अन्त्यमा असारको २३ गते प्राविधिक शाखामा काम गरिरहेका कर्मचारीहरुमाथि ज्यान मार्ने उद्योगले हातपात गर्दा निजहरु भागेर बचेको समेत उदाहरणहरु रहेका छन् ।’

‘जनताको अमूल्य मतद्वारा चुनिएका जनप्रतिनिधिले राष्ट्रसेवक कर्मचारीको सहयोगले जनतालाई सरल, सहज र सुरक्षित वातावरणमा सेवा प्रवाह गर्नुपर्नेमा कानूनको बर्खिलाप यी र यस्तै क्रियाकलाप गर्दा राष्ट्रसेवक कर्मचारीले तटस्थ ढंगले सेवा प्रवाह गर्न असहज महसुस गर्ने, जनता तोकिएको सेवाबाट वञ्चित हुनुपर्ने बाध्यता रहने हुँदा यी र यस्तै गैरकानूनी क्रियाकलापमा संलग्न हरकोहीलाई कानूनी दायरामा ल्याइ शान्त र भयरहित वातावरणमा सार्वजनिक सेवा प्रवाह गर्ने वातावरण मिलाइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?