Butwal Today

सुनको भाउ तोलामा ११ सय बढ्यो

७ फाल्गुन २०८१, बुधबार
अ+
अ-

काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ११  रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १२०० र ७०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो ।