काठमाडौं, १७ माघ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको छ। शुक्रबारदेखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति र रणनीतिका बारेमा छलफल गर्नका लागि उक्त बैठक बसिरहेको हो।
केपी ओली नेतृत्वको कांग्रेस–एमालेको गठबन्धन सरकारले ल्याएको अध्यादेशका विरोधमा उत्रिन लागेको माओवादीले संसदका दुबै बैठक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा लिने पोजिसनका बारेमा छलफल भइरहेको छ।
त्यसो त, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले अध्यादेश अस्विकार गर्ने तथा महंगी र भ्रष्टाचारका बारेमा गम्भीर प्रश्न उठाउने निर्णय गरेका थिए।