ट्रेंडिंग:

>> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ? 

स्थानीय तहमा अस्पताल निर्माणको गति सुस्त

१७ माघ २०८१, बिहीबार
१७ माघ २०८१, बिहीबार

पाल्पा, १७ माघ ।

सरकारले १५ शैयाको अस्पताल बनाउने भनेर घोषणा गरेका स्थानीय तहमा पूर्वाधार निर्माण कार्य कछुवा गतिमा अगाडि बढेको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको डाक्टर सहितको अस्पताल निर्माण गरी ग्रामीण क्षेत्रका जनताको स्वास्थ्यमा सहज पहँुच पुग्ने गरी अस्पताल निर्माण गर्ने भनिए पनि प्रयाप्त मात्रामा बजेट नहुँदा पूर्वाधार निर्माणको कार्य कछुवाको गतिमा अगाडि बढेको छ ।

जिल्लाको १० स्थानीय तहमध्ये रैनादेवी, रिब्दीकोट, तिनाउ, गाउँपालिकाले भौतिक पूर्वाधारका लागि आवश्यक जमिन उपलब्ध गराउन नसक्दा निर्माण कार्य थालनी भएको छैन । तानसेन र रामपुर नगरभित्र सरकारी अस्पताल भएका कारण नयाँ अस्पताल निर्माण कार्य भएन । सरकारले स्थानीय निकायमा अस्पताल निर्माण गर्नुको सट्टामा भएका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुरुप स्वास्थ्य प्रविधिक र प्रयाप्त मात्रामा औषधी उपलब्ध गराएको भए यो प्रभावकारी हुन्थ्यो । गाउँ बसाइसराइले रित्तिएको स्थानीय स्वास्थ्यकर्मीहरु बताउछन् ।

रिब्दीकोट गाउँपालिकाको खस्यौलीमा र रम्भा गाउँपालिकाको ताहुमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएका छन् । तर रम्भा गाउँपालिकाले ताहुको बाहुन डाडामा ०८३ सालको भदौ ५ गते भित्र सम्पन्न गर्ने गरी अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि १६ करोड ३७ लाखमा ठेक्का सम्झौता गरेको छ । भएको स्वास्थ्य सस्थाहरुमा दरबन्दी अनुरुप स्वास्थ्यकर्मी र प्रर्याप्त मात्रामा औषधी नभएको स्थानीय नविन कार्की बताउँछन् । जिल्लामा २ वटा अस्पताल छन् । पाल्पा अस्पताल र रामपुर अस्पताल । विशेषज्ञ डाक्टरको दरवन्दी भएपनि हाल सम्म दरवन्दी अनुरुपको डाक्टर पठाउन तर्फ सरकारले कुनै दिन पहल नगरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार २ वटा ठूला भनिएका सरकारी अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराएको भए गाउँगाउँमा अस्पताल आवश्यक नपर्ने रामपुर नगरका स्वास्थ्य प्राविधिक गिरीराज घिमिरे बताउँछन् ।

निस्दी गाउँपालिकामा १६ करोड ६८ लाख रुपैयाँको लागतमा भवन निर्माणको कार्य अगाडि बढेपनि २ वर्ष पुरा भयो प्रस्तावित रकम जति आउनु पर्ने थियो त्यति मात्रामा आउन नसक्दा निर्माण कम्पनीलाई काममा ताकेता गर्न नसकिएको जनप्रतिनिधिहरु बताउँछन् । भवन निर्माणको कार्य निर्माण कम्पनीले भन्दा सरकारकै कारण ढिलाई भएको उनीहरु बताउँछन् । बसाईसराई थला परेको यस पालिकामा धेरै वडाका स्वास्थ्य संस्थामा सुविधा सम्पन्न छन् । यहाँ ठूलो अस्पताल आवश्यक नै थिएन । यो लगानी बालुवामा पानी जस्तै भएको पुर्व जनप्रतिनिधि गगनकुमार सोती बताउँछन् ।

वगनासकाली गाउँपालिका सदरमुकाम तानसेनसंग जोडिएको छ । यस क्षेत्रका अधिकांश मानिसहरु आवश्यक उपचारका लागि मिसन अस्पताल नै जाने गर्दछन् । यो पनि बसाईसराईबाट प्रभावित भएको स्थानीय तह हो । यहाँ पनि सरकारले उद्घोष गरेको अस्पताल प्रभावकारी हुन नसक्ने स्थानीयहरुको भनाइ छ । अस्पतालकोे भौतिक पुर्वाधार ७० प्रतिशत मात्र पूरा भएको स्थानीय सरकारका प्रमुख सरस्वती चिदी बताउँछिन् । माथागढी गाउँपालिकाको आठ वडा मध्ये एक वडामा मात्र वर्थिङ सेन्टर छैन । बाँकी सबै वडामा सुविधा सम्पन्न स्वास्थ्य सस्था भएपनि दरबन्दीअनुरुप प्राविधिक नभएको यस स्थानीय निकायमा १२ करोड ५० लाखमा भवन निर्माणको क्रममा रहेको छ । स्थानीय तहमा प्रशासकीय तहको कर्मचारी नहुदा स्वास्थ्य प्राविधिक वडा सचिवको भूमिकामा रहेको प्राविधिकहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?