© 2026
काठमाडौं ।
अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका-१ की ७२ वर्षीया मैसरा ढकाल रहेकी छिन्।
कमलबजार नगरपालिका-१ मोटरकाट्यास्थित कमलबजार-तुर्माखाँद सडकखण्डमा सु.प.प्र.०१००८प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। यो घटना बिहीबार बिहान ११:५० बजे भएको थियो।
बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा ढकालको मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।