© 2026
बिरगंज, १७ माघ।
देशकै मुख्य प्रवेश द्वार, आर्थिक नगरी पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा एसपी गौतम मिश्रको आगमनसँगै तस्कर तथा लागुऔषध कारोबारीहरूले भागाभाग भएको छ।
पर्सा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केही दिन भित्रै अवैध गाँजा खेती नष्ट गर्नेदेखि विभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिइएको छ। मिश्रको आगमनपछि बिरगंज लगायत शहरी क्षेत्रसंगै जिल्लाको ग्रामीण भेगमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीले तिव्रता दिएको छ।
एसपी मिश्रको निर्देशनमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौली गाउँपालिका–२ फरकट्टी स्थित ६ कठ्ठा जग्गामा लगाइएको तीन हजार दुई सय गाँजाका बिरुवा फडानी गरी नष्ट गरेको छ। जगरनाथपुर गाउँपालिका–४ मोर टोल स्थित अवैध बालुवा बोकेको प्र २–०३–००१त.४४३० नं.को बालुवा लोड ट्याक्टर र पटेर्वा सुगौली गाउँपालिका–४ करवोला चौक स्थित ना.४त.७०४२, प्र २–०३–००१त.५४१ नम्बरको ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याएको छ।
त्यस्तै, पर्सागढी नगरपालिका ३ स्थित झ्याङमा लुकाइएको सालको गोलिया ६ फिट लामो र ४.५ इन्च गोलाइको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बिरगंजले जनाएको छ।गृह मन्त्रालयको निर्देशन अनुसार एसपी गौतम मिश्र केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय वीरगंजको कमाण्ड सम्हालेका थिए।उनी जिल्ला प्रहरी कार्यालय बारामा पनि डिएसपीको रूपमा काम गरिसकेका छन्। बारा संगै जोडिएको पर्सा जिल्लामा हुने तस्करी तथा लागुऔषध कारोबारी नियन्त्रणसँगै आपराधिक क्रियाकलाप न्यून गर्ने पहिलो प्राथमिकतामा रहेको एसपी मिश्रले बताएका छन्।