© २०२३
काठमाडौं, १७ माघ ।
भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरू सहभागी भएका छन्।नेपाल–भारत खुला सीमाका कारण नेपालीहरूको लागि सहज भएको हो।नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागि खालसा निर्माण भएको छ। धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास महाराजजीले पनि नेपाली र भारतीय तीर्थयात्रीका लागि विशेष बसोबास र खानपानको सुविधा प्रदान गरेका छन्।
युथ क्लबका पूर्वअध्यक्ष श्रीओमले नेपालबाट प्रयागराजसम्मको यात्रामा भारतीय प्रहरीले नेपाली गाडीलाई कुनै कागजात जाँच नगरी सम्मानपूर्वक जान दिएको अनुभव सुनाए। तर उनले नेपालमा भने भारतीय पर्यटकहरूमाथि प्रहरीले कठोर व्यवहार गर्ने गरेको भन्दै गुनासो गरेका छन्। यसले भारतीय पर्यटकहरू नेपाल आउन डराउन थालेको उनको भनाइ छ।
इन्जिनियर सुजीत झाले पनि महाकुम्भको यात्रामा भारतीय प्रहरीको मैत्रीपूर्ण व्यवहार अनुभव गरेको बताए। सेल्फ ड्राइभमा रहेका उनले नेपालका गाडीमा सवार यात्रीलाई सम्मानका साथ जान दिने व्यवस्था देखिएको बताए।
डा. राजीव झाले नेपाललाई पर्यटन हब बनाउने उद्देश्यले नेपाल–भारत सीमा पूर्ण रूपमा खुला राख्नु पर्ने र विवाह पञ्चमी, रामनवमी, परिक्रमा तथा महाशिवरात्रि जस्ता धार्मिक पर्वहरूको व्यापक प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए।
सरकारको नीति पर्यटकमैत्री र “अतिथि देवो भवः“ को भावना अनुरूप हुनुपर्ने उनको सुझाव थियो। नेपालको दुबै छिमेकी देशको ठूलो जनसंख्यामध्ये प्रत्येक वर्ष एक प्रतिशतलाई पनि नेपाल ल्याउन सकियो भने नेपाललाई विश्वको धनी देशको लाइनमा उभ्याउन बेर लाग्दैन।
धार्मिक र सांस्कृतिक पर्वहरूको सही व्यवस्थापनबाट नेपालमा पर्यटन प्रवर्धन गर्न सकिने र द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने उनको भनाइ थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी