© २०२३
जितपुर, ०६ माघ ।
कपिलवस्तुको बाणगंगामा स्थानीय तोरी जातको विउ विकास गर्ने उद्देश्यले कृषक पाठशाला तथा छलफल गरिएको छ । राष्ट्रीय आनुवंशिक केन्द्र (जिन बैंकको) आयोजनामा वडा न. ८ मधुवनमा पाठशाला गरिएको हो । कार्यक्रममा नार्कका प्रविधिक अधिकृत डा. मुकुन्द भट्टराइले विउको विषयमा जानकारी गरेका थिए ।
कृषि मन्त्रालयका सह सचिव रामकृष्ण श्रेष्ठले जलवायु परिर्वतनको असरको बारेमा पटक पटक छलफल जरुरी रहेको बताए । उनले जलवायु परिर्वतनले पुगेका असरहरूको बारेमा कृषकहरूले जानकारी लिन आवश्यक रहेको समेत बताएका छन् । श्रेष्ठले रौथाने बालि हराउन थालेकाले यसको संरक्षण गर्दै विउ बजारबाट किन्ने अवस्थाको अन्त्य गर्नु पर्ने बेला आएको जनाए । रौथाने बालिले विभिन्न रोगहरू संग लड्ने क्षमता रहेकाले पनि यसको संरक्षणमा ध्यान दिन आवश्यक रहेको जानकारी दिए । सरकारले प्रविधि युक्त खेतिमा कृषकलाई आर्कषण गर्ने खालका कार्य योजना बनाउन आवश्यक देखिएको उनको भनाई छ ।
नार्कका डाईरेक्टर डा. बालकृष्ण जोसीले माटोको क्षमता अनुसार उत्पाादन हुने भएकाले प्रविधिको आधारमा कृषकलाइ उत्पादनमा जोड्नु पर्ने बताए । उनले विउको समस्या अन्त्य गर्न कृषकले आफै विउ उत्पादनमा पनि जोड दिनु पर्ने बेला आएको उनको भनाइ रहेको थियो ।
नार्कका प्रशिक्षक राजेन्द्र प्रसाद पौडेलले कपिलवस्तु तोरीको खेतिको लागि उचित स्थान भएको बताएका छन् । उनले तोरी खेतिले गहुँको स्थान पनि तोरीले लिन थालेकाले राम्रो मानिएको बताए । अनुसन्धानका लागि केहि ढिला भएको बताउँदै स्थानिय कृषको अनुभवको आधारमा माटो परिक्षण गरी विभिन्न प्रजातिका तारी बालि लगाउने योजना बनाएको बताए । उनले चाइनिज र भारतिय तोरीलाई विस्थापित गरेर नेपालि विउ प्रयोग गरेर प्रजनन प्रकृया अगाडी बढाईएको समेत बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका कृषि विकास शाखा प्रमुख लेष बहादुर केसिले कृषकहरूलाई कृषि शाखासँग नजिक हुन आग्रह गरेका छन् । उनले मापदण्ड पुगेका कृषकहरूले अनुदान पाउनको लागि अलिकति धाउन पर्ने बताए । केसीले नगपालिकाले यस वर्ष २ करोड भन्दा बढि अनुदान वितरण गरेको बताए ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ८ का कार्यबाहक वडा अध्यक्ष विश्वस जिसिले नगरपालिका तथा वडा कार्यालय स्थानीय कृषि उत्पादनको लागि सहयोग गर्न तयार रहेको बताए ।
कृषक हरि अर्यालले समयमा मल पाउन नसक्ने समस्या रहेको बताए । अर्का कृषक रेवता पौडेलले लोकल तोरीको उत्पादन कम हुने भएकाले हाइब्रेड तोरीलाई उत्पादनमा जोडेको बताईन् । उनले तोरी खेती भएको स्थानमा मौरीको घारहरू र कतै मछ्र जारीको प्रयोग गरेर उत्पादनको फरक छुट्याउने कोसिस भएको जानकारी दिइन् । यस क्षेत्रमा माटो अनुसारको उत्पादन कसरि लिन सकिन्छ भनेर अनुसन्धान आवश्यक रहेको उनले बताइन् ।