ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

वास्तविक किसानले पाउदैनन् अनुदान

७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार
दाङ,७ माघ । 
“राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन केही । मलाई अमेरिका यही , मलाई जापान पनि यही , मलाई अष्ट्रेलिया यही ” भन्ने लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिलेको छ घोराही उपमहानगरपालिका –६ बचाहाका बालकृष्ण खनालसंग ।  यी शब्दमा भनिए जस्तै परिश्रमले तिखारिएका किसान खनालको बाख्रा पालन सबैको केन्द्र बनेको छ ।
जाडो मौसम,दिउँसोको पारिलो घाम, घामको आनन्द लिइरहेका छन् बाख्रा ।  खनालले बिगत ५ वर्ष अघिदेखि बाख्रा पालन सुरु गरेका हुन् । घरमा आमाले घरखर्चकालागि पालेका पाँच वटा बाख्रालाई बढाउदै गर्दा अहिले उनीसंग ७० वटा बाख्रा छन् ।  ५० वटा माउ, २० वटा खसी छन् । बाख्राका लागि दिउँसो र रातमा बस्ने व्यवस्थित दुइवटा खोर बनाएका छन्  । अहिले तत्कालै नाफा नभएपनि लगानी उठेको छ, अबका दिनमा राम्रो आम्दानी हुने छ,उनले भने । स्वदेशमै केही गर्छु भन्ने युवाले धैर्य गरेर कामलाई निरन्तरता दियो भने सफल भइन्छ भन्ने लागेको र आफूपनि सफल भएको बताए । उनले १२ कठ्ठा जमिनमा बर्षिम, जै पाँच कठ्ठा र १०कठ्ठा जमिनमा नेपियर घाँस खेती गरेका छन् ।  बाख्रा रेखदेख गर्नलाई एकजना सहयोगी पनि राखेका छन्  ।
सय वटा माउ बाख्रा पाल्ने र एक वर्षमा एक सय खसी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए  । ‘पछिल्लो समय रोजगारीकालागि बिदेश जाने युवाले यही केही गर्नु पर्छ अर्काको देशमा बगाउने पसिना आफ्नै भूमिमा बगायो भने यही सुन फल्छ,’ उनले भने । आफ्नै जमिनमा आफ्नै लगानीमा खोर तयार देखि सम्पूर्ण खर्च गरेर बाख्रा पालन सुरु गरेको उनले बताए । वास्विक किसान आफनो काममा व्यस्त हुने र कुन कार्यालयमा के सहयोग पाइन्छ भनेर कार्यालयमा डुल्ने फुर्सद पनि हुँदैन । तर कागजीरुपमा मात्र किसान बनेकाहरुले सरकारी अनुदान ल्याउने र अनुदान पाइसकेपछि हराउनेको संख्या धेरै देखेको उनको भनाइ छ । वास्विक किसान सधै पछाडि छन् केही टाठावाठाको मात्र पहूँच पुग्ने भएका कारण वास्तविक किसान ओझेल पर्ने गरेको उनको गुनासो छ । संघ, प्रदेश र स्थानीय तहले किसानलाई सहयोग गरेको भन्ने सुनेको तर आफूलाई कसैले सहयोग नगरेको उनले बताए ।
लगानी लगाउँदा बित्तिकै आम्दानी वा नाफा खोज्नु हुदैन धैर्य गरेमा सफल भइन्छ , पाँच वर्षदेखि निरन्तर लागेकाले अहिले नाफा गएको र बाख्राको संख्या पनि थप्दै गएको उनले बताए । १२ लाख लगानी गरेर व्यबस्थित दुइ वटा खोर बनाएका छन् । यो दशैको समयमा साढे पाँच लाखको बाख्रा बिक्री गरेको उनले बताए । बिक्री गर्नलाई तयार भएका १५ वटा खसीबोका खोरमा छन् । दाङ लगाएत रोल्पा,रुकुम र प्युठानबाट पनि बाख्रा खोज्न आउने गरेको उनले बताए । बाख्रा खरिद गर्न व्यापारी घरमै आयर लैजाने गरेका छन्, कसैले फोनबाट सम्पर्क गरेर पनि लैजाने गरेका छन् , दशैको समयमा धेरै बिक्री हुन्छ अन्य समयमा पनि फाटफूट बिक्री हुन्छ । आम्दानी बढ्दा लगानी पनि बढाउन मन लाग्ने रैछ । आफ्नै भूमिमा काम गर्नु पर्छ यही पसिना बगाए सुन फल्छ भन्ने उद्धेश्य लिएर स्वदेशमै सपना देखेर स्वरोजगार भएको उनको भनाइ छ । सरकारी कार्यक्रममा पर्ने घाँस,खोर सुधार लगाएतका अन्य कार्यक्रममा वास्बिक किसानलाई सहयोग गरेमा अझै हौषला मिल्ने उनले बताए ।  स्वदेशमै कृषिमा भबिश्य खोजीरहेका किसानले उत्पादन गरेका बस्तुलाई सरकारले अनुदानका कार्यक्रममा जोेडेर सहयोग गरेमा काम गर्न अझै हौषला मिल्ने उनको भनाइ छ  ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?