© २०२३
नेपालगन्ज उपमहानगरपालिका —१ धम्वोझीमा जेष्ठ नागरिकहरुका लागि दिवा सेवा केन्द्र सन्चालनमा ल्याइएको छ । स्वावलम्वी जेष्ठ नागरिक समाज नेपालले १५ लाखको लागतमा ३७ हजार ८ सय ३० रुपैयामा २ कोठे भवन निर्माण गरी वाटरपार्कमा मंगलबार देखी दिवा सेवा केन्द्र सन्चालनमा ल्याइएको हो ।
जेष्ठ नागरिकहरुलाई दिउसो फुर्सदको समय विताउन र मनोरन्जन दिने उद्येश्यले दिवा सेवा केन्द्र सन्चालनमा ल्याइएको समाजका अध्यक्ष नरवहादुर हमालले वताए । नेपालगन्ज उपमहानगरपालिकाको १४ लाख ४७ हजार ३० रुपैया सहयोग र उपोभोक्तावाट ९० हजार ३ सय रुपैया संकलन गरी निर्माण गरीएको सो भवनको मंगलबार एक कार्यक्रमका विच नेपालगन्ज उपमहानगरपालीकाका मेयर डा. धवल शम्शेर राणाले उद्घाटन गरेका छन । आकस्मीक विपतमा आवश्यक पर्ने भएकाले अक्षयकोष स्थापना गर्न सुझाव दिदै मेयर राणाले अक्षयकोष स्थापनापछि एक महिनाको तलव अक्षयकोषलाई प्रदान गर्ने घोषणा गरेका थिए ।
त्यस्तै, उपमेयर उमा थापा मगरले पनि अक्षयकोष स्थापना गर्न जोड दिदै सृजनात्मक वन्न जेष्ठ नागरीकहरुलाई सुझाव दिएकी छन । वडा नं १ का वडाध्यक्ष प्रमोद रीजालले वृद्धाआश्रममा जानुपर्ने वाध्यता हटाउनका लागी केन्द्रले पहल गर्नुका साथै जेष्ठ नागरीकको अधिकारका लागी लड्न मद्यत पु¥याउनुपर्नेमा जोड दिए । २०७२ सालमा ११ जना सदस्यको सक्रीयतामा सुरु केन्द्रमा हाल वडा नं १ र १८ का गरी ६० जना सदस्य रहेका छन् ।