ट्रेंडिंग:

>> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र

गाईजात्रा १४ गते भनेर नेवार समुदायलाई विभाजित गर्ने षड्यन्त्र : नेवाः देय् दबू

८ भाद्र २०८०, शुक्रबार
८ भाद्र २०८०, शुक्रबार

बुटवल,८ भदौ । लुम्बिनीका नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने निर्णय गरेका छन् । नेवाः देय् दबू लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलन गरी पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै भदौ १४ गते (जनै पूर्णिमाको दिन) गाईजात्रा पर्व नमनाउने र १५ गते नै स्पष्ट पारेको हो ।
पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो अनुसार गाइजात्रा पर्व भदौ १४ गते परेको छ । चन्द्रमाका आधारमा आफ्नै पात्रो र तिथी रहने भएकाले नेवाः पात्रो अनुसार निर्धारण गरिएको भदौ १५ को गाइजात्रा नै वैज्ञानिक रहेको जनाएको छ ।
आफ्नै सभ्यता, भाषा, लिपी र मान्यता बोकेको नेवाः समुदायमा भ्रम हुने गरी पञ्चाङ्ग पात्रोलाई आधार मानेर दुई दिन मान्नु पर्ने पर्वलाई एकै दिन पार्ने, एकै दिन मान्नुपर्ने पर्वलाई दुई दिन पार्ने जस्ता कार्यहरु भइरहेको र यसले नेवार समुदायमा विभाजन ल्याउने समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम श्रेष्ठले बताए ।
उनले नेवा पात्रोका आधारमा देशभरका नेवार समुदायले भदौ १५ गते गाईजात्रा पर्व मनाउन आग्रह गरे । पञ्चांग निर्णायक समितिमा १५ जना मध्ये ७ जना नेवार समुदायका हुंदा पनि उनीहरुले नेवा पात्रो अनुसार नेवारी चाडपर्व पञ्चांग पात्रोमा समावेश गर्न स्पष्ट अडान नराख्दा चाडपर्वहरु तलमाथि हुन गई नेवार समुदाय विभाजित हुन पुगेको श्रेष्ठले बताए ।
‘पञ्चांग पात्रोमा जनै पुर्णिमा र गाईजात्रा एकैदिन परेको छ तर नेवार समुदायले परम्परादेखि जनै पूर्णिमाको भोलिपल्ट मात्र गाईजात्रा (सापारु) मनाउने चलन हो’– नेवाः देय् दबू लुम्बिनीका प्रथम सचिव चिरञ्जीवी श्रेष्ठले भने–‘नेपाल सम्वत् अनुसार यो वर्ष भाद्र १३ गते अपरान्हबाट शुरु हुने पूर्णिमा तिथी १४ गते अपरान्हसम्म रहने भएकाले १४ गते गुन्ही पुन्ही, क्वाटी पुन्ही (जनैपूर्णिमा) र भदौ १५ गते गाईजात्रा पर्व परेको छ ।’
नेवार समुदायमा मृत्यु भएको घरबाट मृत आत्माको चिरशान्तिको कामना गर्दै जनै पूर्णिमाको अर्को दिन गाईजात्रा (सापारु) निकाल्ने प्रचलन रहेको छ ।
नेवाः देय् दबू लुम्बिनीले नेपालको मौलिक सम्बत नेपाः सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा मान्यता दिँदै नेवार पात्रोका आधारमा नेवाः समुदायको पर्व निर्धारण तथा सार्वजनिक विदाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।
नेवा पत्रकार शरण कर्माचार्यले काठमाडौं,ललितपुर र भक्तपुरका नेवार समुदाय नै विभाजित भएकाले देशभर अन्योल सिर्जना भएकाले नेवारी चाडपर्वमा एकरुपताका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?