ट्रेंडिंग:

>> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा

एनपिएलको उत्साहलाई मर्न नदेउ

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु हुँदै छ । पुस ६ गते सम्पन्न हुने एनपीएलको ट्रफी पनि सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफीको अनावरण गरेका छन् । मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको छ । यो ट्रफीमार्फत विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिने विश्वास गरिएको छ । पहिलोपटक नेपालमा हुन लागेको एनपीएलले नेपालको पर्यटन बजारलाई विश्वमाझ प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदनमा हुने एनपिएलको लागि देश तथा विदेशका खेलाडी काठमाण्डौं आउनेक्रम सुरु भैसकेको छ । खेलाडीमा मात्र होइन खेलप्रेमीमा समेत पहिलो संस्करणको अन्तर्राष्ट्रिय स्तरको क्रिकेटले उत्साह सिर्जना गरेको छ । वास्तवमा यो खेलकुदले नेपालको गौरव बढाउने निश्चित छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न नसकिएपनि कम्तीमा पनि पहिलो संस्करणको एनपिएलमा हुने चर्चित र नाम चलेका विदेशी खेलाडीको सहभागीताले नेपालमा खेलकुदको लहर सिर्जना गरेको छ । नेपालमा राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रिय स्तरकै खेलाडी पनि खेलका लागि आउँछन भन्ने यो प्रमाण पनि हो । राष्ट्रिय खेलकुदमा विगतमा आफैले बनाएका राष्ट्रिय किर्तिमान खेलाडीले तोडेका छन र नयाँ राष्ट्रिय किर्तिमान स्थापित गरेका छन् । क्रिकेटमा नेपालका खेलाडीले विश्व इतिहास कायम गरेका छन् । खेल क्षेत्रमा अवसर पाउने हो भने राष्ट्रिय उत्साह सिर्जना गर्न सक्छन भन्ने नेपाली खेलाडी उदाहरण पनि हुन । खेलाडीहरू नेपालमा अवसर नभएकै कारण विदेश पलायन हुन बाध्य भैरहेको बेला कम्तीमा पनि काठमाण्डौंमा हुने एनिपएलले खेलाडीहरूमा नयाँ आशा जगाएको छ । एनपिएल समापन भएपछि सरकारले राष्ट्रका लागि आशालाग्दा खेलाडीलाई रोजगारीको अवसर प्रदान गरोस् । राष्ट्रलाई खुसी दिने एक मानकमध्ये खेलकुद पनि एक माध्यम हो भन्दा फरक पर्दैन ।

नेपालको परिचय अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउने महत्वपूर्ण एवं प्रभावकारी माध्यम खेलकुद हो । वास्तवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गरेका हुन्छन् । मैदानमा खेलाडीले गर्ने प्रदर्शन र देखाउने व्यवहारसँग देशको प्रतिष्ठा र चिनारी गाँसिएको हुन्छ । त्यसैले खेलाडीलाई सम्बन्धित राष्ट्रको सद्भावना दूतका रूपमा हेरिएको हुन्छ । एनपिएलले राष्ट्रको गौरव बढाउने निश्चित छ । तर सरकारको चासोको विषयभित्र खेलकुद नपर्नु नेपालको अहिलेसम्मको यथार्थ हो । निश्चय नै विगतमा कोरोना महामारीका कारण खेलकुद क्षेत्र ओझेलमा परेको हो । एनपिएलका माध्यमबाट नेपालमा फेरी खेल जीवनले गति लिने आशा जागेको छ । अहिलेपनि नेपालको खेलकुद विकासमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । नेपाली खेलकुदमा पूर्वाधारको ठूलो समस्या छ । पर्याप्त बजेट अभावमा गतिला खेलस्थल निर्माण हुन सकेका छैनन् । भएका पूर्वाधार मर्मत अभावमा जीर्ण बन्दै गएका छन् । यसको एक मात्र कारण राज्यको आँखा खेलकुदमा नपर्नु नै हो । त्यसैले नेपालको खेल क्षेत्रले अहिलेसम्म व्यावसायिक फड्को मार्न सकेको छैन । यो तीतो यथार्थ हो । खेलाडीमा पनि खेलकुदमै लागेर सुखद भविष्यको रेखा कोर्न सकिन्छ भन्ने विश्वास छैन । सरकारले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई कुनै प्रोत्साहनको कार्यक्रम दिन सकेको छैन । जेहोस मंसिर १६ देखि हुने एनपिएलको महाकुम्भले खेल जीवनलाई गति प्रदान गर्न सहयोग पुग्ने छ । एनपिएल खेल्न विदेशका नाम चलेका खेलाडी आउँदैछन् । नेपाली खेलाडीले उनीहरूसंगै खेल खेल्न पाउनु गर्बकै कुरा हो । त्यसबाट नेपाली खेलाडीमा आत्मबल बढाउन सहयोग पुग्नेछ । तसर्थ एनपिएललाई सफल बनाउन सरकारले सहयोग गर्नुपर्दछ । एनपिएलले नेपालमा खेलको माहोल सिर्जना गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?