ट्रेंडिंग:

>> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग >> अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार >> जिप दुर्घटना : एक करोड ३२ लाख खर्च व्यहोर्न मुस्किल >> दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री >> सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग >> अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार >> विजयनगरमा काठसहित ट्याक्टर, ढुङ्गा–गिट्टी लोड टिप्पर र डोजर नियण्त्रणमा >> फ्रान्समा भेटिए १०वर्ष देखी श्रीमतीलाई सामुहिक बलात्कार गराउने अपराधी >> उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय >> दुर्घटनामा युवकको मृत्यु >> धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी, अफ्रिकी देश गाम्बिया सबैभन्दा बढी >> सुदूरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता >> मेक्सिकोको ट्रम्पलाइ चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छाैं’ >> पूर्वराजा शाह अर्को साता नेपालगन्ज भ्रमणमा >> चौधरी ग्रुपमा लागेको ताला खुल्यो >> विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् एउटा ठूलो रहस्य >> ‘पुष्पा- २’ का कलाकार माथी शारीरिक तथा आर्थिक शोषण आरोप >> जी ७ का बिदेशमन्त्रीहरुले गरे लेबनानमा युद्द बिरामको अपिल >> एनसेल फाउन्डेसनको सहकार्यमा लैैङ्गीक हिंसा विरुद्धको अभियान >> एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिनमिल्ने >> यी हुन पाँचवटा सहकारीको तीन अर्ब ठगीका ‘नाइके’ हरू >> औपचारिकतामै सीमित उद्योग दिवस >> हिंसाका घटनामा आएन कमी >> गाउँपालिका पुग्ने सडक नै तीन बर्षदेखि अलपत्र >> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो

इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

गुल्मी, १३ मंसिर ।
गुल्मीको इस्मा गाउँपालिकामा स्लेट ढुङ्गा सम्बन्धि सिपमूलक तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा इस्मा गाउँपालिका ३ अन्तरगत दर्लामचौरको रामकोटमा उक्त तालिम सञ्चालन गरिएको थियो ।
स्लेट ढुङ्गा सिपमूलक तालिममा सहभागिहरूलाई स्लेट ढुङ्गाको सही प्रयोग त्यसको प्रशोधन र निर्माण प्रक्रियामा दक्ष बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजिब अर्यालले बताए । उनले स्थानीय स्रोतहरूको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना र दिगो विकासलाई प्रवद्र्धधन गर्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन । कार्यक्रमले सहभागिहरूलाई स्लेट ढुङ्गा काट्ने तरिका, त्यसलाई आकार दिने, उत्पादन, प्रशोधन र सजावट सामग्री तयार गर्दै दक्षता अभिवृद्धि गर्नुका अतिरिक्त व्यावसायिक सीपको ज्ञान प्रदान गरिएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्बती कुँवरले सिप बिनाको जीवन सधैभरी अधुरो र अपुरो हुने भन्दै सिपको विकासले मात्र मानिसको जीवन बदलिने बताएकी छन । उनले त्यसका लागि गाउँपालिकाले नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन विभिन्न प्रकारका सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताईन । कार्यक्रममा इस्माका पुर्व गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट, प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारी, वडाध्यक्ष ज्योतीराज कुँवर, पुर्व वडाध्यक्ष तोयनाथ सापकोटा लगायतका व्यक्तिहरूले स्लेट ढुङ्गाको सही उपयोग र प्रशोधन मार्फत स्थानीय जनताको जीवनस्तर सुधार गर्न तालिममले महत्वपूर्ण सहयोग पुराउने बताएका थिए ।तालिमले ढुङ्गा उद्योगमा युवाहरूलाई स्थानीय स्तरमा रोजगारीका अवसरहरू विस्तार गर्दै परम्परागत रूपमा प्रयोग हुने स्लेट ढुङ्गालाई आधुनिक प्रयोगका लागि अनुकुल बनाईने अपेक्षा गरिएको छ । पन्ध्र दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा १७ जना व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?