© २०२३
कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सिमलको काठ सहित सवारी नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर १, जवाबैराठबाट गत राती बनका कर्मचारीले गस्तीको क्रममा लु ९१७७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको गौतमबुद्ध साझेदारी बनले जनाएको छ ।
बनका अनुसार मंगलबार साझेदारी बनले ढुङ्गा गिटी लोड गरिएको टिप्पर र डोजरसमेत नियन्त्रणमा लिएको छ । वडा नम्बर १ तिलकहवाबाट रा १ ख २०८१ नम्बरको टिप्पर र ढुङ्गा गिटी लोड गर्न प्रयोग गरिएको ना.१ क ६००६ नम्बरको डोजरलाई नियन्त्रणमा लिएको बन समितिका अध्यक्ष प्रवेज आलम खानले बताए ।
वरिष्ठ बन अधिकृत सुजनराज भण्डारीले बरामद गरिएको सिमलको काठ अन्दाजी करिब १२ क्युफिट रहेको जनाए । उनका अनुसार काठसहित ट्याक्टर, ढुङ्गा गिट्टी लोड गरिएको टिप्पर र डोजर गौतम बुद्ध साझेदारी बनको कार्यालयमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।