ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अनलाइन जुवा र क्रिप्टोमा एकै व्यक्तिले गरे ५५ करोडको कारोबार

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

काठमाडौं –

अनलाइन गेमहरूमा गैरकानुनी सट्टेबाजी तथा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ का ३७ वर्षीय सुनिल राई रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ अफल टोल बस्दै आएका राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार राईले सट्टेबाजी तथा क्रिप्टोमा हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ कारोबार गरेको भेटिएको छ।

भट्टराईका अनुसार राईले ७५ वटा बैंक खाता खोलेको अनुसन्धानमा खुलेको छ। उनले १२८ वटा इ-सेवा वालेट र बाइनान्स आइडी प्रयोग गरेर सट्टेबाजी क्रिप्टो कारोबार गरेको पाइएको छ।

उनले आफ्नै कोठामा विभिन्न सामग्रीहरूको मद्दत लिएर त्यसरी गैरकानुनी क्रियाकलाप गरेको भेटिएको छ।

राईलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार राईले विभिन्न व्यक्तिको नाममा नागरिकता प्रमाण पत्रसमेत प्रयोग गरेर ७५ वटा बैंक खाता खोलेका छन्। ती खाताको केवाइसी फारममा समेत आफ्नै फोटो टाँसेर ३७ करोड २० लाख ९६ हजार २८२ रुपैयाँ कारोबार गरेको खुलेको छ।

उनले फरक-फरक व्यक्तिहरूको नामबाट १२८ वटा इ-सेवा आइडी खोलेका छन्। फरक-फरक डिभाइसबाट उनले ती खातामा ११ करोड ६७ लाख १९ हजार १९० रुपैयाँ कारोबार गरेका छन्।

राईले बाइनान्स आइडी खोलेर ६ करोड २३ लाख २४ हजार १९१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

यसैगरी, राईले २५ वटाभन्दा बढी जिमेल अकाउन्ट खोलेर वान एक्स बेट (जुवा) खेल्ने/खेलाउने गरेको खुलेको छ। ‘उनले विभिन्न स्थानमा कोठा लिएर लुकिछिपी, हुलिया परिवर्तन गरेर वान एक्स बेट खेल्ने गरेको अनुसन्धानमा खुलेको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने।

पक्राउ परेका राई क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाउनेमध्येका मुख्य नाइके हुन्। अन्य व्यक्तिहरूको पहिचान भइसकेको छैन।

‘विभिन्न बैंकमा खोलिएका खाता विवरण हेरेपछि संलग्न अन्यको पहिचान हुन्छ,’ आचार्यले भने, ‘कहिलेदेखि यस्तो कारोबारमा संलग्न हो भनेर सोध्दा स्पष्ट नबताउने गरेका छन्।’ सम्बन्धित बैंक तथा इ-सेवा आइडीको विवरणका लागि प्रहरीले पत्राचार गर्ने तयारी गरिरहेको छ।

अहिलेको अनुसन्धान अनुसार राई किर्ते मुद्दामा समेत तानिन्छन्। उनले मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर सिमकार्ड लिएका छन्।

उनले विभिन्न व्यक्तिका जिउँदै वा मरेका व्यक्तिको नागरिकता प्रयोग गरेर एनसेलका ७० थान, नेपाल टेलिकमका पाँच थान सिमकार्ड लिएको भेटिएको छ। प्रहरीले उनको कोठाबाट अन्य विभिन्न सामग्री बरामद गरेको छ।

बरामद सामग्रीमा ल्यापटप दुई थान, मोबाइल सेट आठ थान, वाइफाई राउटर दुई थान, विभिन्न व्यक्तिको नाममा रहेका नागरिकता ११ थान, राहदानी १५ थान, चेकबुक २२ थान र एटिएम ४२ थान छन्।

‘उनले यस्तो कारोबार गर्दा आफ्नो कोठासमेत प्रयोग गर्ने गरेका छन्,’ आचार्यले भने, ‘ठूलो रकम कारोबार गरेको हुनाले यो निकै लामो समयदेखि कारोबार गरेको हुनुपर्छ।’

प्रहरीले उनीसँग जोडिएका व्यक्तिहरूको पहिचानका लागि मोबाइल नम्बर ‘ट्रयाकिङ’ गरिरहेको छ।

नेपालको कानुनले अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाएको छ। भारतमा अनलाइन जुवा खेलाउन प्रतिबन्ध छैन। भारतमै क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ।

नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ। पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको तीन वर्ष भयो। तर, अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।

क्रिप्टो अर्थात गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?