ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

सिमेन्टको मूल्य प्रतिबोरा १०० रुपियाँ बढ्यो, खारेज गर्न निर्माण व्यवसायीको माग

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

बुटवल, १२ मंसिर ।

सिमेन्ट उद्योगीले सिमेन्टमा भारी मूलयवृद्धि गरेका छन् । उद्योगीहरुले केही दिनको अन्तरालमा सिमेन्टमा प्रतिबोरा १०० रुपियाँ मूल्य बढाएका छन् ।

मंसिर ४ गते बजारमा ४०० रुपैंया प्रतिबोरामा उपलब्ध भएको पिपिसि सिमेन्टको मुल्य हाल ५०० भन्दा माथि पुगेको छ । यस्तै ४३ ग्रेडमा उपलब्ध ओपिसि सिमेन्टको मुल्य प्रतिबोरा ९० देखि १०० रुपैंया बढी पर्ने र ५३ ग्रेडमा प्रतिबोरा थप १५ देखि २० रुपैंया बढ्ने छ । सिमेन्टको यो मुल्य अझै बढ्न सक्ने आँकलन गरिएको छ ।

केडिया अर्गनाइजेशन अन्तर्गतको वृज सिमेन्टका सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलले प्रतिबोरा एक सय रुपियाँको हाराहारीमा सिमेन्टको मूल्य बढेको जानकारी दिए । “यतिबेला सबै सिमेन्ट उद्योगहरु घाटामा चलिरहेका छन्, कर्मचारीलाई तलव खुवाउन सक्ने स्थिति पनि छैन, त्यसकारण बाध्य भएर मूल्य वृद्धि गर्नु परेको हो”–उनले भने । मुलुकमा व्याप्त आर्थिक मन्दीको असर सिमेन्ट उद्योगहरुमा परेको र माग पनि घट्दै गएको उनले बताए ।

नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टलगायत निर्माण सामाग्रिको मूल्य वृद्धिको विरोध गरेको छ । आज महासंघले विज्ञप्ति निकालेर मूल्य वृद्धि नै खारेज गर्न माग गरेको हो । पटक पटक गरेर १ महिनामा नै सिमेन्टको मूल्य प्रति बोरा १ सय रुपैयाँ मूल्य वृद्धि भएको महासंघले बताएको छ ।

‘सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्य वृद्धि नहुँदा पनि कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गरी प्रति बोरा १ सयभन्दा बढी मूल्य वृद्धि गरिएको छ । निर्माण कार्य हुने अहिलकै सिजनमा सिमित सिमेन्ट उद्योगीहरूले मूल्य वृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको यस महासंघको ठहर छ ।’

विगतमा पनि पटक पटक भएका यस किसिमका मूल्य वृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै आर्थिक बोझ थपिएको महासंघले बताएको छ । मूल्य वृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?