ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

दुर्गमका अति विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री

१२ मंसिर २०८१, बुधबार
१२ मंसिर २०८१, बुधबार

सल्यान, १२ मंसिर ।

सल्यानको दुर्गम र विकट क्षेत्र शारदा नगरपालिका ९ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका जेहेन्दार तथा अति विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरिएको छ । सल्यान कला साहित्य परिषदले आठौं वार्षिकोत्सवको अवसरमा बुधबार बिद्यालयमै पुगेर न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो । कक्षा ६ देखि १० सम्म अध्य्यनरत १२ जना विपन्न विद्यार्थीलाई एक एक जोड न्यानो कपडा हुडि र कक्षा १ देखि ५ सम्म अध्यनरत १५ जना बालबालिकालाइ एक एक दर्जन कापी कलम प्रदान गरिएको हो ।

सल्यान कला साहित्य परिषद सल्यानका अध्यक्ष भरत रोकायको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष हिमेन्द्र बुढाथोकीले यस किसिमको कार्यक्रमले विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रेरणा संगै विपन्न विद्यार्थीलाई अझ बढी पढ्ने हौसला मिल्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले सामूहिक प्रयासबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने भन्दै शिक्षा नै विकासको मुख्य आधार भएको उल्लेख गरे ।

सो अवसरमा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, सरस्वती आवि हात्तिढुंगाका प्रधानाध्यापक लक्षिराम बुढा, सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक कर्ण बहादुर बुढाले गरेका थिए ।

बिद्यालयमा २८३ विद्यार्थीले अध्य्यन गर्छन् । यस बिद्यालयमा निकै टाढा टाढाबाट घण्टौं हिडेर विद्यार्थी पढ्नका लागि आउने गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका १० सादनबासबाट करिव २ घण्टा तथा सानिगारे, बयाले, सिउरे लगायतका ठाउंबाट एक देखि डेढ घण्टा समय लगाएर विद्यार्थी आउनेगरेको बिद्यालयले जनाएको छ ।

बुधबार सल्यान कला साहित्य परिषदद्वारा प्रदान गरिएको सहयोगले विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। शिक्षा र बालबालिकाको हितमा गरिएको यस्तो पहलले दुर्गम क्षेत्रमा शिक्षाको विकासमा मद्दत पुग्ने अपेक्षा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?