© २०२३
नवलपुर, १२ मंसिर ।
पुर्वी नवलपरासीमा गत कात्तिक ३ गते बुलिङटारबाट कावासोती आउदैँ गरेको यात्रु बाहक जीप दुर्घटनामा एकै घरका दुई जना दिदी भाइको मृत्युु ३२ जना घाइते भए । सो जिप दुर्घटना हुँदा मर्मतका लागि एक करोड ३२ लाख बढि खर्च आएपछि अहिले तनाव उत्पन्न भएको छ ।
मुस्किलले ८ देखि १० जना अटने जीपमा ३४ जना यात्रु लिएर कावासोती आउँदै गरेको जीप प्रहरी चेकिङ छल्न कुमसोतबाट बालुवाडाँडा हुदै कावासोती आउने क्रममा तिव्र गति र क्षमता भन्दा बढी यात्री बोकेका कारण दुर्घटना भएको थियो ।
क्षमता भन्दा धेरै यात्रु बाकेर आएको जीप दुर्घटनाको समाचारले झस्किए, केही समय सावधान र सचेत पनि भए । तर, केही दिनमै घटनासँगै समाचार पनि आउन छाडे । सडक सुरक्षाको बहस सेलायो सँगसँगै क्षमता भन्दा धेरै यात्रु बोक्ने क्रम सुरु भयो त्यति मात्रै होईन त्यसरी क्षमता भन्दा धेरै यात्रु बोकेर आउने तर प्रहरीको चेकिङ छल्न चालक र सहचालकले उही पुरानै पारा सुरु गरे चेकिङ अगाडी यात्रु ओराल्ने केही पर गएर फेरि चढाउने गरेका बुलिङ्टारका स्थानीय हनेमराज रानाभाटले बताए ।
प्रहरीलाई खबर गरे प्रहरीकै गाडीमा आउने जानु गर्नु, बिरामी पर्दा प्रहरीलाईनै बोलाउनु भनेर भावानात्मक दबाब समेत दिने गरेको ती जिपमा चढेर हिड्नु पर्ने यात्रु बताउँछन ।
नवलपुरको दलदलेबाट पहाडी क्षेत्र जाने यातायात नवलपुर लेकबेसी यातायात प्राली र चौतारी यातायात प्रालीका रहेका छन् । दलदलेबाट माथी जाने बाटे उकालो, ओराली, धेरै घुम्ती तथा मोड एवं भिर भएको क्षेत्र पर्दछ । पटक पटक क्षमता भन्दा यात्रु बोकर फर्कने तथा जाने क्रममा दुर्घटना भएका छन् ।
यातायातका चालक र सहचालकले प्रहरीको चेकिङ छल्न यात्रु ओराल्ने र फेरि चढाउने गरेको भेटन साथ कार्वाही गर्ने गरेको भए पनि त्यो क्रम भने नरोकिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । अहिले ट्राफिक प्रहरीले यातायातका चालक, सहचालक र सवारी धनिलाई जरीवाना लिई सचेत गराएर छाडने गरेको छ । यो विषयमा नवलपुर लेकबेसी यातायात प्रालिका अध्यक्ष युवराज बस्यालले खर्च अनावश्यक बढेकाले धान्नै गाह्रो भैरहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी