ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

काठमाडौं,  ११ मंसिर । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा ११–अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन। उनलेआज १–अन्डर ७१ को स्कोर निकाल्दा एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन।

एमेच्योरद्वय सदभाव र राहुल ५४–होलको समाप्तिमा ७–अन्डर २०९को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थानमा रहे। गोकर्ण गल्फ क्लबमाआज डिफेन्डिङ च्याम्पियन सदभावले दिनको उत्कृष्ट कार्ड निकाले। ६–अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए। राहुलले २–अन्डर ७० को स्कोर दर्ज गरे।

धरानका प्रो निरज तामाङले १–अन्डर ७१ को स्कोर जोडे। समग्रमा ४–अन्डर २१२ सहित चौथो स्थानमा उक्लिए। दाबेदार नेपाल नम्बरएक भुवन नगरकोटीले ५–ओभर ७७ को खराब प्रदर्शन गरे। योप्रदर्शनमा उनी समग्रमा १–अन्डर २१५ सहित पाँचौ स्थानमा तल झरे। जयराम श्रेष्ठले आज १–अन्डर ७१ को स्कोरमा, समग्रमा इभन–पार२१६ को नतिजा निकाल्दै छैटौं स्थानमा छन।

समग्रमा २–ओभर २१८ सहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसीले संयुक्तरुपमा सातौं स्थान बाँडे। रवि र कृष्णमानले समान १–अन्डर ७१ मा तेस्रो दिनको खेल सकाए।राजेन्द्रले २–ओभर ७४ खेले। फाइनल ग्रुपमा खेलेका सुनिललेबिर्सनलायक ९–ओभर ८१ को स्कोर निकाले। यो स्कोरमा उनी पाँचस्थान तल झरे।

अनुभवी तोरणले तेस्रो दिनको सुरूवात सानदार गरे। पहिलो, दोस्रो, पाँचौं र छैटौं होलमा बर्डी प्रहार गरे। ६ होल सकिंदा ४–अन्डर स्कोरगरिसकेका थिए भने नवौ होलको बोगीले फ्रन्ट नाइन ३–अन्डर ३३ मासकाए। तर यसपछि ब्याक नाइनमा तोरणले लय गुमाए। १२औं, १५औं र १६औं होलमा एक–एक सट खेर फाले। १३औं होलको बर्डीका बाबजुद ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए। तरपनि अन्तिम १८ होलको खेल बाँकी छँदा उनले आफ्नो अग्रता ४स्ट्रोकमा पुर्याएका छन।

सदभावले दिनकै उत्कृष्ट स्कोर कार्ड तयार गर्ने क्रममा कुल सात बर्डीप्रहार गरे। पहिलो, तेस्रो र सातौं होलमा एक–एक सट बचाउँदा फ्रन्टनाइन ३–अन्डर ३३ मा सकाए। यसपछि ११ औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे। १५ औं होलको बोगीले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे।

अर्का एमेच्योर राहुलले सातौं र नवौं होलको बर्डीको मद्दतमा फ्रन्टनाइन २–अन्डर ३४ मा पुरा गरे। ११औं होलको बोगी विरूद्ध १५औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए।

चौथो स्थानमा रहेका निरजले फ्रन्ट नाइन १–ओभर ३७ र ब्याक नाइन२–अन्डर ३४ मा खेले। उनले पहिलो र सोर्हौं होलमा एक–एक सट खेरफाले भने १२औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे।

चार दिन सम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रोहुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन। शिर्ष २१ मा पर्ने‌ अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%