ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

जितपुर, १३ मंसिर ।
बुटवल, गोरुसिङ्गे सडक खण्ड बिस्तारका लागि निर्माण कम्पनीले काम सुरु गरेको छ । निर्माण सामग्रीहरूको ठाउँठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरू हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने र पुल बनाउने ठाउँको पुनः माटो परीक्षण गर्ने, सडकको लेबल सर्भे लगायतको पनि काम भइरहेका छन् । सडक विस्तार गर्दा अहिलेको पिच रहेको भागलाई नभत्काई पहिले दुवै छेउबाट विस्तारको काम गर्ने तयारी छ । छेउको बनाएपछि बल्ल बिचको फेर्नेगरी निर्माणको मोडालिटी बनाएर काम सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको सडक आयोजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् ।

धेरैतिरबाट एकैपटक सबै सडक भत्काएर काम थाल्दा धुलो, हिलो र आवागमनमै असहजता उत्पन्न हुने गुनासो आएपछि निर्माण कम्पनीलाई बिचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन गरिएको इन्जिनियर न्यौपानेको भनाइ छ । यो खण्डको हालै संघीय विभागीय मन्त्री देवेन्द्र दाहालले विभागका सचिव र प्राविधिकहरूलाई लिएर पैदलैसमेत अनुगमन गरेका थिए । मन्त्री र सचिवहरूलाई त्यसक्रममा बाटो पर्ने क्षेत्रका जनप्रतिनिधिले नयाँ ढाँचाबाट काम गर्न अनुरोध गरेका थिए ।बुटवल, सैनामैना, बाणगंगा र बुद्धभूमि लगायतका जनप्रतिनिधिहरूले संघीय मन्त्री, सचिवहरू, आयोजना कार्यालय प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिहरूलाई समेत विभिन्न समयमा भेटेर अस्तव्यस्त हुनेगरी एकैपटक सडक नजोती नयाँ तरिकाले बनाउन अनुरोध गरेको वाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।

विगतमा ठूला सडक बनाउदा अस्तव्यस्तको अवस्थाबाट पाठ सिकेर संघीय मन्त्रालयले नै नयाँ मोडालिटीमा सडक बनाउन निर्देशन दिएको हो । त्यसै अनुरूप बुटवल गोरुसिंगे सडक खण्ड विस्तार गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै विस्तार गर्ने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटरमा काम सुरु भएको छ भने लगत्तै चन्द्रोटासम्मको सडक बिस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ ।

अहिले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ । त्यसयताका खण्डमा विभिन्न परियोजनाको सहकार्यमा नयाँ मोडालिटीमा अगाडि बढाउने गरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोत सुनिश्चित गर्ने र नयाँ उपायको खोजी भइरहेको जनाइएको छ । सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४ सय ४१ रूपैयाँको ठेक्का सम्झौता भई तीन वर्षभित्र योजना सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रूप र आशीष निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भई काम सुरु भएको छ ।

चारनम्बर जीतपुर सहित ६ ठाउँमा भेहिकल अण्डरपास बनाइनेअहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अण्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका सहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात गाडी नै वारपार गर्न मिल्नेगरी ‘भेहिकल अण्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।

कपिलवस्तुको ‘चार नम्बर जीतपुर चोक, बुद्धनगर चोक, सैनामैनाको मुर्गिया बजार, तामनगर चोक, नयाँगाउँ चोक र जितगढी–बेलबास चोकमा यस्ता ‘भेहिकल अण्डरपास’ बनाउने गरी काम सुरु भएको छ । त्यसका लागि माटो परीक्षणको काम भइरहेको र यस्तो पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ । यस्तै सडक खण्डमा करिब १९ वटा अण्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरूमा माटो परीक्षण गरिरहेको छ । पिपरा गोरुसिंगे जंगल क्षेत्रमा वन्यजन्तुमैत्री पुल बनाइनेसडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो । जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइने छ । कोइली घेरुवा–बनगाई–गोरुसिङ्गे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ । वि.सं.२०१८ सालमा निर्माण भएको महेन्द्र राजमार्ग (पूर्व–पश्चिम राजमार्गं) लाई अहिले विभिन्न खण्डमा विभाजन गरेर विस्तार गर्ने काम सुरु भएको छ । साँघुरा, कमजोर र अतिक्रमित अवस्थाका सडकलाई चार लेनमा बिस्तार गर्ने काम जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?