© २०२३
एमसीसी खारेज गरी चिनियाँ सहयोगसित जोडिएमा नेपाललाई चीनले आगामी १० बर्षभित्रै सिंगापुर जस्तो बनाई नेपालको आर्थिकस्तर धेरै माथि उठाइदिने बाचा गरेको छ भन्ने जुन समाचार प्रकाशमा आएको छ । यदि यो समाचार आधिकारिक हो भने चिनियाँ पक्षले राखेको यो प्रस्ताव नेपालको निम्ति सुनौलौ अवसर हुने छ । यस सम्वन्धमा नेपाल सरकारले गम्भीर चासो लिई चिनियाँ पक्षसित सरोकार राखी कुरा अगाडि बढाउनु पर्दछ । श्रोतका अनुसार चीनले भनेको छ कि यदि नेपालले चाहन्छ भने एमसीसी खारेज गरी आफूसंग जोडिएमा बिआरआई परियोजना अन्तरगत ६० अरब निःशुल्क सहयोग गर्ने छ । त्यसको अतिरिक्त नेपालको चौतर्फी विकास तथा नेपाली जनतालाई स्वदेशमै रोजगारीको अवसरहरू दिलाई नेपाल र नेपालीको आर्थिक स्तर उठाउन थप र एक खरब विना सर्त निःशुल्क अनुदान दिने छ । चीनको बुझाइमा अमेरिकी रणनीतिक परियोजना एम सीसी अमेरिकाले नेपाललाई आधार बनाएर नेपालबाट चीनलाई घेरा हाली टिवेटियन शरणार्थीहरूलाई काँधमा हतियार थमाएर चीनतिर प्रहार गर्न लगाई तिब्बतलाई टुक्राउने उद्देश्य रहेको छ । एमसीसी चीनकोबिरुद्ध खडा गरिएको हो भने नेपालको संसद्बाटै अनुमोदन गराएको अमेरिकाले एमसीसी. नेपालको कानुन संविधानभन्दामाथि छ भन्ने प्रावधानको सर्तमा टेकी एमसीसीले चर्चेको भू– भागमा अमेरिकी कानुन प्रभावित हुनेछ भन्ने आधारलाई समातेर नेपालका बहुमुल्य खानीहरू खासगरी युरेनियम खानाहरू रित्तो बनाई नेपालको खानी सम्पदा सबै सोहोरेर अमेरिका ओसार्ने चलाखपूर्ण चालाबाजी हो । चीनले यसो भनेर बेलैमा सावधान गराउनुका साथै अमेरिकाले एमसीसीमार्फत उपलब्ध गराउने भनिएको आर्थिक सहयोगको तुलनामा चीनले विनाशर्त गर्ने भनेको यो सहयोगको अवसरलाई नेपालले कुनैपनि हालतमा गुम्न दिनु हुदैन । देशको भावना, आकांक्षा तथा नेपालको जटील भू राजनीतिक अवस्थितिलाई समेत ख्याल राख्दै सरकारले यो सहयोग लिनुपर्दछ । यसबाट आर्थिक उन्नतिका कारण आज हाम्रो देशले हरेक क्षेत्रमा वेहोर्नु परेको दुर्गतिबाट माथि उठ्ने यो सुनौलो अवसर गुमाउनु हुदैन । अमेरिकासित गरिसकेको सम्झौतालाई तोड्न सरकारलाई केही अप्ठेरो भने अवश्य पर्छ । यो स्वाभाविकै हो तर आफूलाई अप्ठेरो प¥यो भन्दैमा राष्ट्रिय स्वार्थलाई आफ्नो अप्ठेरोपन भन्दा तल राख्ने कुरा आउदैन् । तसर्थ सरकारले सफल कुटनीतिद्वारा अमेरिकालाई पनि चित्त बुझाएर आफ्नो राष्ट्रिय हितलाई पहिलो प्राथमिकता दिने अडान कुनै हालतमा छोड्न हुँदैन ।
आज हाम्रो समाजका सबै अङ्ग र क्षेत्रहरूमा दिनानुदिन थामी नसक्नुका विकृतिहरू बढ्दै गइरहेका छन् । समाजको कुनै अङ्ग यस्तो छैन जो विकृति विसंगतिदेखि टाढै रहेको देख्ने अवसर मिलोस् । हाम्रो सबै क्षेत्र दुषित, कलुषित र पंगु वनिसकेको छ । यसको कारण खोतल्दै जाने हो भने राजनीतिको बागडोर समातेकाहरूले राजनीति गर्नुको आफ्नो उद्देश्य देशको सेवा र जनताको भलो गर्ने नभई आफ्नो मात्र भलो गर्ने उद्देश्य राखेको हुँदा राजनीतिमा विकार आएपछि त्यही विकार सबै क्षेत्रमा सर्दैजाँदा चारैतिरको वातावरण प्रदुषित भएको हो । यही चारैतिर विकृति विसंगतिका प्रदूषणहरू फैलाईरहेको राजनीतिलाई अब भने सुधार्नेतर्फ हामी सबै इमान्दार भावनाले पे्ररित भएर लाग्नैपर्दछ । अहिले देशको अवस्था अत्यन्त्तै नाजुक स्थितिबाट गुज्रिरहेको छ । चानचुन चौविस खर्ब राष्ट्रिय ऋण छ भनिन्छ । यसै गरी चानचुन ३० (तीस) खर्ब बेरुजू भएको कहालीलाग्दो दुःखद समाचार पनि वाहिर आएको छ । सामाजिक कलह, नैतिकताको उपहोस, सुरक्षाका व्यापक खलल, अराजकता, अशान्ति, राष्ट्रिय एकता तथा स्वतन्त्रतामाथि समेत गम्भीर खतराको घण्टी बगिरहेको छ । ठूला राजनीतिक दलका बरिष्ठतम् नेताहरू पूर्व मन्त्रीहरू समेत सहकारी ठगी प्रकरणमा दोषी देखिनु विश्वासको संकटको पराकाष्ठा हो । यस किसिमको भयावह एवं जटिल परिस्थितिले के देखाउँछ भने राजनीतिमा लागेर आफ्नो मात्र स्वार्थ पूूरा गर्न लागेका ठूला नेता, साना, नेता, वरिष्ठ नेता सम्मानित नेता, मध्यम तहका नेता, तल्लो स्तरका नेता, उनका झोले, बैठके, ढाँके, छँक्कै, कारिन्दे, सबैले र हामी बेइमान महावेइमान मतदाता तथा कार्यकर्ताहरू समेत सबैले अव आफ्ना विगतका सबै गल्तीहरू स्वीकार गर्दै आगामी दिनमा भूल नदोहो¥याउने प्रण गर्नुपरेको छ । प्रिय पाठक एकातिर बेरुजुको यो हाल छ, अर्कोतिर त्यो बेरुजु फस्र्योट गर्ने सवालमा बेरुजु हिसाव फस्र्योट गर्नुपर्छ भन्ने नैतिक चेतना कुनै नेतामा छैन । हरेक मन्त्रीहरूले आफूले खडा गरेको बेरुजु हिसाब आफैले फस्र्योट गर्नुपर्छ भन्ने कुरा सुन्न पनि चाहदैनन् । मन्त्रीको मातहतका विभागीय हाकिम र अधिकृतहरू सबैलाई राजनीतिक संरक्षण हुनाको कारण मनपरि खर्च गर्ने तर त्यसको हिसाबकिताब दुरुस्त नराख्ने अनि हिसाब देखाइहाले पनि जालझेल र ढाँटछलबाट प्रेरित भएको हिसाब किताब मिल्ने र फस्र्योट हुने कुरै भएन । यिनै कारणहरूले गर्दा देशमा बेरुजुको पहाड खडा भएको हो । खत्तामा बस्नेहरू र उनको पूजा गरी भजन गाएर नै खानेहरूको घिचाहा प्रवृत्तिले मुलुक बेरुजुको यो पहाडले थिचिएको हो कि होइन ? हो ।
सरकारहरू परिवर्तन हुन्छन तर सुधारमुखी परिवर्तन हुँदैन । एउटा सरकार ढले पछि अर्को सरकार आउँदा पुराना असंगतिहरू ऋब नदोहोरिएलान् भन्यो, त्यो भन्दा झनै ठूलो असंगति बोकेर आउने गरेका नवागन्तुक सरकारका दुस्कर्महरूले पुरानो अर्थात् पहिलेको बेरुजुमाथि थप नयाँ वेरुजुले गर्दा बेरुजु नै बेरुजुको पिरामिड खडा हुँदा ३० खर्वको हिमालय पर्वत खडा भएको हो । वडा कार्यालयदेखि प्रधानमन्त्रीका पिएसम्म, राष्ट्रपति निवाससम्म यही हालत छ । सत्तामा आसीन रहेका दलहरूका र प्रमुख प्रतिपक्षका इकाई संगठनदेखि केन्दीय कार्यालयसम्म हिसावकिताव चुस्त दुरुस्त राख्नुपर्छ र हरेक आर्थिक वर्षको अन्त्यमा आम्दानी खर्चको पक्ष राफसाफ हुनुपर्छ भन्ने नीति चेतनाको विकासै भएन । त्यसैको दुस्परिणतिबाट उत्पन्न महारोगले आज ३० खर्बको बेरुजु फस्यौट गर्न नसक्ने नेताहरूलाई हामी वेवकुफ जनता र झोले कार्यकर्ताहरूले अझैपनि सलाम ठोकिरहन्छौं । धिक्कार छ हाम्रो जिन्दगी । धिक्कार छ हाम्रो जन्म । धिक्कार छ हाम्रो चेतना ।
देशवासी आमा बुवा दाजुभाई हो । देशको अवस्था साह्रै विग्रियो । अबपनि अनजान र अनदेखा नबनौं । हिजोका दिनमा यी नेताहरूले भाषण गर्दा उनका मुखारविन्दबाट निःसृत कर्णप्रीय स्वरहरूले जुन शान्ति, प्रगति र विकास अनि सुशासनका राजरागिनीहरू अलाप्दा हामीले आनन्द मानेर सुन्थ्यौं र यिनीहरू हाम्रो निम्ति भगवानका अवतार जस्ता हुन् भनेर आदर सम्मान गथ्र्यौं अब त्यो स्थिति रहेन् । हिजोसम्म राष्ट्रिय हितको संरक्षण सम्वद्र्धनको जिम्मा यिनै नेताको हो, हाम्रो काम यिनीहरूको भक्तिभाव गर्नु, यिनका झोला वोकेर हिड्नु, चुनावमा भोट दिएर माथि पठाउनु यत्तिसम्म मात्रै हो, अरू सबै हाम्रै नेताहरूले मिलाउँछन् भन्ने जुन भ्रम पालेर बस्यौं, त्यो सबै आज सर्वतोभावेन असंगत, पूर्णतःअसामयिक्त सावित भइसकेको दृष्टान्त माथिका प्रसंगहरूले खुलस्त वताएका छन् । तसर्थ छिमेकी मित्र राष्ट्र चीनले आफ्नो राष्ट्रिय स्वार्थको पनि रक्षा हुने र हाम्रो राष्ट्रिय स्वार्थको पनि संरक्षण हुने जुन प्रस्ताव अघि सारेको छ, त्यसमा हामी सबै नेपालीको ज्ञान, बुद्धि, जिज्ञासा जागोस् र हाम्रो सरकारले चिनियाँ सरकारसित तर्कपूर्ण जिज्ञासा राखी कुरो अगाडि बढाउन तत्काल कुटनीतिक कदम चालोस् ।