ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

१५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व

१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

जितपुर, १३ मंसिर ।

१५औं कपिलवस्तु महोत्सव यस वर्ष विशेष उपलब्धिको प्रतीक बनेको छ । महोत्सवको डान्स आइडल प्रतियोगिताको संयोजकको जिम्मेवारी पहिलो पटक महिलालाई प्रदान गरिएको छ । यो महोत्सवमा सहभागिताको लागि विभिन्न आयाम थप्न र प्रतिस्पर्धालाई थप प्रभावकारी तथा पारदर्शी बनाउन विष्णु मल्ललाई संयोजकको भूमिका सुम्पिएको छ ।

संयोजक विष्णु मल्लले आफ्नो अनुभव र प्रतिबद्धतालाई प्रस्तुत गर्दै यस पटकको डान्स आइडललाई अझै उत्कृष्ट बनाउन गहन प्रयास गरिरहेको बताइन् । उनले महिलालाई जिम्मेवारी दिनु एक महत्वपूर्ण पहिचान हो भन्नेमा जोड दिँदै यो अवसर आफ्नो व्यक्तिगत र व्यावसायिक उन्नतिका लागि पनि महत्त्वपूर्ण रहेको बताइन् ।

“महोत्सवको यस हिस्साले सधैं नै दर्शकहरूलाई आकर्षित गर्दै आएको छ। तर यस पटक हामी प्रतियोगितालाई अझै विशिष्ट र प्रतिस्पर्धात्मक बनाउने योजनामा छौं । महिला नेतृत्वको पहिचानमार्फत नयाँ दृष्टिकोण र समावेशिता प्रस्तुत गर्न सक्छौं भन्नेमा म विश्वस्त छु,” मल्लले बताइन् ।

महोत्सव आयोजक समितिका सदस्यहरूले पनि महिलालाई नेतृत्व दिने यो कदमलाई स्वागत गर्दै महोत्सवको अन्य कार्यक्रमहरूमा समेत समावेशिता र नयाँ सम्भावनाको खोजी गरिने बताए। मुल आयोजक समितिका संयोजक गणेश बहादुर क्षेत्रीले भने, “हामीले विष्णु मल्लजस्ता सक्षम नेतृत्वकर्तालाई डान्स आइडलको संयोजक बनाउन पाउँदा गौरवान्वित छौं। यसले नारी सशक्तिकरणलाई बल पु¥याउनेछ ।”

डान्स आइडलको तयारीका क्रममा मल्लले प्रतिभाको छनोट र मुल्याङ्कन प्रक्रियालाई निष्पक्ष बनाउन विशेष ध्यान दिएको बताएकी छिन्। प्रतियोगितामा क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका निर्णायकहरूलाई निमन्त्रणा गर्ने र प्रतिस्पर्धालाई उत्साहजनक बनाउने योजनाहरू अघि सारिएको छ ।

महिलाको नेतृत्व र समावेशिताको प्रभाव

महिलालाई संयोजकको जिम्मेवारी दिनु महोत्सवको ऐतिहासिक निर्णयका रूपमा हेरिएको छ। यसले महिलाहरूको भूमिका महोत्सवजस्ता ठूला कार्यक्रमहरूमा बढ्दै गएको देखाउँछ। विष्णु मल्लले आफूलाई सुम्पिएको जिम्मेवारीले नारी सशक्तिकरणको एउटा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। “यो केवल मेरो व्यक्तिगत सफलता होइन, यो महिलाहरूले नेतृत्व गर्न सक्ने प्रमाण हो। मलाई विश्वास छ, यसले आगामी दिनमा महिला नेतृत्वलाई अझ प्रोत्साहन दिनेछ,” उनले भनिन् ।

डान्स आइडलको प्रतिस्पर्धा महोत्सवका मुख्य आकर्षणमध्ये एक भएको कारण यसलाई सबै तहका सहभागीहरूको प्रतिनिधित्व हुने खालको बनाइने तयारी भएको छ। प्रतियोगितामा स्थान पाउने कलाकारहरूको छनोट प्रक्रिया खुला अडिसनमार्फत गरिनेछ भने विभिन्न सांस्कृतिक प्रस्तुतीले पनि थप रौनक थप्ने अपेक्षा गरिएको छ ।

यो निर्णयले कपिलवस्तु महोत्सवलाई सामाजिक न्याय, लैंगिक समानता र समावेशिताको प्रतीक बनाउँदै आगामी महोत्सवहरूको लागि नयाँ दृष्टान्त प्रस्तुत गर्ने विश्वास आयोजक समितिले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?