© २०२३
पाल्पा, १३ मंसिर ।
पाल्पा, रामपुर नगरपालिका लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजनामा मंगलबार देखि निःशुल्क दुई महिने लोक सेवा आयोग तयारी कक्षा सुरु भएको हो ।
तयारी कक्षाको रामपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गरी शुभारम्भ गरिएको थियो । कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता प्राप्त गरिने उल्लेख गरे। साथै लगनशीलता र मेहेनतका साथ अध्ययन गर्न आग्रह गरेका थिए । यस्तै रामपुर नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै लोक सेवा आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताए । शहीद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत अलीले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्नका लागि आवश्यक सिप प्रदान गर्न नगरपालिकाले लगानी गरेको र यो अवसरको भरपुर सदुपयोग गर्न अनुरोध गरेका थिए । । अन्य जिल्लाहरूको तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेको भन्दै त्यसलाई वृद्धि गर्नका लागि लोक सेवा आयोगमा प्रवेश गर्नु पर्नेमा जोड दिए । योजना शाखा प्रमुख विक्रम बस्नेतका अनुसार लोकसेवा आयोग तयारी कक्षामा ७३ जनाको सहभागीता रहेको छ । रामपुर नगरपालिकाले केही वर्ष देखि निरन्तर रूपमा कक्षा सञ्चालन गर्दै आएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी