© २०२३
चारनम्बर, १३ मंसिर ।
१५ औं कपिलवस्तु महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुमानाथ पौडेलले तयारी तिब्र भएको बताए । विभिन्न समिति, उपसमितिमार्फत महोत्सवको तयारी तीब्र भईरहेको बताउँदै उनले भने, ‘फिल्डमा देखिने गरि करिब ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौं । कम्पाण्ड निर्माणको काम पूर्ण रूपमा सकिएको छ ।’ महोत्सवमा साढे २ लाख दर्शन भित्राउँदै करिब १० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको उनले बताए ।
स्टल, मञ्च, सचिवालय, प्रवेशद्धार, बालउद्यान निर्माणको काम धमाधम भईरहेको रहेको उनले बताए । महोत्सवको प्रवेश गेट पशुपतिनाथ मन्दिरको स्वरूपमा निर्माण गरिने उनले बताए । यस जिल्लाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकिय, औधोगिक तथा व्यपारिक क्षेत्रको डकुमेन्ट्री निर्माण गरि महोत्सव अवधिभर प्रदर्शन गरिने बताए । कपिलवस्तु महोत्सव अन्य क्षेत्रका महोत्सव भन्दा पृथक रहदैं आएको बताउँदै उनले भने, ‘यस अघिको महोत्सवमा भएका कमीकमजोरी र गर्न नसकेका क्रियाकलापलाई समेट्दै दर्शकलाई नयाँपन दिने गरि तयारी भईरहेको छ ।’महोत्सवले औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादन, प्रवर्धन तथा बजारीकरणमा सघाउ पुग्ने उनले बताए । आर्थिक भन्दी झेलिरहेका उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रूपमा महोत्सवलाई लिन सकिने उनको भनाई छ । ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने छ,’ उनले भने, ‘उद्योग, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिलाउने छ ।
महोत्सवमा यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । उनले हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिने उनले बताए । महोत्सवको मुख्य आकर्षणको रूपमा रहदै आएको कपिलवस्तु डान्स आईडललाई निरन्तरता दिएको बताउँदै उनले भने, ‘पहिलो चरणको अडिसन सकिएको छ । दोस्रो चरणको अडिसन मंसिर १३ र १४ गते हुदैंछ ।’ यही मंसिर १९ गतेदेखि पौष २ गतेसम्म कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा १५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी हुदैं छ । महोत्सव बाणगंगाको चारनम्बरमा अवस्थित बुद्धरंगशालामा हुन लागेको हो ।