© २०२३
बुटवल,८ असार । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोले १५ वटा घर बगाएको छ ।
बिहीबार राति ११ बजे गएको पहिरोले २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर बरालले जानकारी दिए । उनका अनुसार स्थानीय ३८ वर्षीय रणबहादुर गुरुङ, श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश गुरुङ र डेढ वर्षकी कविताको मृत्यु भएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएको अध्यक्ष बरालले जानकारी दिएका छन् ।