© २०२३
बुटवल, १४ मंसिर ।
रूपन्देही उद्योग संघले ४७ औं स्थापना दिवसका अवसरमा बिहीबार अन्तर सदस्य मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता गरेको छ । बुटवल ७ शिवनगरस्थित न्यू लुम्बिनी ब्याडमिन्टन क्लबको कभर्ड हलमा भएको प्रतियोगिता भएको हो ।
प्रतियोगितामा उद्योगी नरबहादुर श्रीस र घनश्याम पौडेलको जोडी प्रथम, दिलिप गौचन र बाबुराम पाठकको समूह द्वितीय, बोनिन पिया र जीवकान्त काफ्ले तथा बलबहादुर गोदार र नारायण खनालको समूह तृतीय भएको थियो । संघका पूर्व अध्यक्ष तथा बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले संघले उद्योगीहरूबीच सम्बन्ध बिस्तारका गरिने यस्ता खाले आन्तरिक प्रतियोगिताले सदस्यहरूबीच सकारात्मक सन्देश जाने बताए ।
संघका अध्यक्ष दिलिप सापकोटाले स्थापना दिवसको तीन दिने कार्यक्रमको पहिलो दिन ब्याडमिन्टन प्रतियोगिता गरिएको बताए । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । संघको आयोजनामा १४ गते बिहान संघको सचिवालयमा रक्तदान कार्यक्रम कार्यसमिति सदस्य एवं संयोजक राजु घिमिरेले बताए । । १५ गते स्थापना दिवसको मुख्य दिन मूल समारोह गरिनेछ । १५ गते बिहान मूल समारोहको आयोजना गरिने र मूल समारोहमा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहित विशिष्ट अतिथिहरूमा लुम्बिनी प्रदेशका उद्योग यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिएनआईका अध्यक्ष अध्यक्ष राजेश कुमार अग्रवाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने संघले जनाएको छ । मूल समारोहमा अग्रज उद्यमी तथा विभिन्न
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी