ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

जितपुर, १४ मंसिर ।
कपिलवस्तुको धार्मिक तथा ऐतिहासिक स्थल मधुवनधाममा जीवन, बुद्ध दर्शन र बौद्ध धर्मका विविध आयाममा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सारीपुत्र फाउन्डेसनको आयोजनामा आयोजित यो कार्यक्रममा नेपाल र थाइल्याण्डका भिक्षु, भिक्षुणी, विद्वान्, धर्मप्रेमी तथा स्थानीयसहित सयौँ सहभागी भए।
थाइल्याण्डकी ९८ वर्षीय प्रख्यात विदुषी र बौद्ध शिक्षिका प्रोफेसर अचान सुजिन बोरीहर्नवानाकेलले प्रमुख वक्ताको रूपमा कार्यक्रममा सहभागिता जनाइन्। उनले “बुद्धलाई कसरी बुझ्ने?” र बुद्धको शिक्षालाई दैनिक जीवनमा लागू गर्ने विषयमा आफ्ना विचार प्रस्तुत गरिन्। सहभागीहरूले बुद्धत्व, जीवन दर्शन, र धर्मसम्बन्धी आफ्ना जिज्ञासाहरू राखे, जसको उत्तर उनले थाई भाषामा दिइन्। उनका विचारलाई नेपालीमा अनुवाद गरी बौद्ध विहारका प्रमुख सुमंगलो भन्तेले सहभागीहरूलाई स्पष्ट पारे।
विशेष स्वास्थ्य शिविर
अन्तरक्रिया कार्यक्रममा निःशुल्क स्वास्थ्य सेवा पनि समावेश गरिएको थियो। देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा मुटु, छाला, नाक–कान–घाँटी, स्त्रीरोग, र प्रसूति सम्बन्धी विशेषज्ञहरूले जाँच गरे। सहभागीहरूलाई आवश्यक परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा वडा नं. ८ का स्थानीयहरूको उल्लेखनीय सहभागिता रह्यो।
धार्मिक र पर्यटन प्रवर्द्धन
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले मधुवनधामको धार्मिक महत्त्व र पर्यटन विकासमा जोड दिनुपर्ने बताए। ९८ वर्षीय प्रोफेसर सुजिनको ज्ञान र जीवन अनुभवबाट प्रेरणा लिन पाउँदा खुसी लागेको उनले बताए। उनले स्थानीय तथा प्रदेश सरकारलाई मधुवनधामजस्ता पवित्र स्थलहरूको विकासका लागि विशेष ध्यान दिन आग्रह गरे।
मधुवनधामको महत्त्व
मधुवनधाम बौद्ध धर्मका लागि महत्त्वपूर्ण स्थल मानिन्छ। गौतम बुद्धले यहीँ शाक्य र कोलिय कुमार, भिक्षुहरू, र देवताहरूलाई महासमय सूत्र प्रदान गरेको विश्वास गरिन्छ। यसले धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले मधुवनधामलाई विश्वभरका बौद्धमार्गीहरूको प्रमुख गन्तव्य बनाएको छ।
यस्तै थाइल्याण्डबाट नेपाल आएको यो टोलीले यसअघि काठमाण्डौंको कोटेश्वरमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ। मधुवनधामको कार्यक्रमपछि टोलीले लुम्बिनीमा अर्को कार्यक्रम गर्ने योजना रहेको सुमंगलो भन्तेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?