ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

भैरहवा, १८ चैत ।

राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा जिल्ला समिति, रुपन्देहीले आइतबार भैरहवामा विरोध तथा भण्डाफोर सभा गरेको छ । भैरहवास्थित मिलनचोकमा गरिएको सभामा नेताहरुले नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको दाबी गरे । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीकी संघीय परिषद् सचिव गीता सारुले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायत उपलब्धीहरु सानो संघर्ष र बलिदानीले नभइ नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानी पछि प्राप्त भएको बताइन् । ‘मुलुकलाई पछाडि धकेल्न खोजिएको छ’उनले भनिन्–मुलुक प्रतिगमनतर्फ होइन, अग्रगमन तर्फ जानुपर्छ ।’

सचिव सारुले सत्ता चलाउनेहरुकै कारण अहिलेको यो परिस्थिति सिर्जना भएको दाबी गरिन् । उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नाफामा लगे पनि सरकारमा रहेका दलहरुले जिम्मेवारीबाट हटाएको बताइन् । त्यस्तै पार्टीका संघीय परिषद् सचिव तथा राष्ट्रिय मुस्लिम परिषदका महासचिव मोजीब अलीले नेपाली जनतामाथि निरंकुश शासन लाद्न खोजिएको बताए । चैत १५ गते काठमाडौंमा भएको गणतन्त्रविरुद्ध फैलाइएको आन्दोलनको हौवालाई राष्ट्रिय जनमुक्ति पार्टीले नाटकको संज्ञा दिएको बताए । राष्ट्रिय जनमुक्ति पार्टीले यो देशको नेतृत्व गरे नेपाली जनताले दुःख नपाउने र युवालाई विदेशिन बाध्य नपार्ने उनले दाबी गरे। वर्तमान सरकारले जनतालाई परिवर्तनको आभास दिलाउन नसकेको सचिव अलीले आरोप लगाए ।
राष्ट्रिय महिला मोर्चाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष मधु रानाले महिलाहरु अब एकजुट भइ आफ्ना हकअधिकारका लागि अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपाली युवा शक्ति विदेश पलायन भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

कार्यक्रममा मगर महासंघ केन्द्रीय अध्यक्ष छत्र दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, जनमुक्ति युवा महासंघ केन्द्रीय उपाध्यक्ष सुन्दर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष प्रेम बहादुर थापा लगायतले चैत १५ गते काठमाडौंमा भएको घटनाको निष्पक्ष छानीबन र दोषीलाई कारबाही गर्न माग गरे । कार्यक्रममा राष्ट्रिय महिला मोर्चा रुपन्देहीकी अध्यक्ष टीका आलेको अध्यक्षता तथा जनमुक्ति पार्टी तिलोत्तमा नगरपालिकाकी अध्यक्ष राधिका श्रीसको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?