ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डढेलो नियन्त्रणमा ध्यान जाओस्

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

गर्मी बढेसंगै नेपालका पहाडी भेगका जंगल र तराईका वनमा डढेलोको प्रकोप सुरु भैसकेको छ । यही बेला प्रि मनसुनको समय समेत सुरु हुन लागेको छ । यो बेला हावाहुरी चल्ने, आकास धुम्म हुने, चट्याङ पर्ने लगायतका धेरै प्राकृतिक बिपदका घटना हुन्छन् । त्यसको पहिलो प्रहार नेपालका वन जंगलमा पर्ने गरेको छ । जसका कारण वन डढेलोका घटना बढिरहेको छ । विगत केही दिनयतादेखि मुलुकका विभिन्न भागमा हावाहुरी तथा मनसुन पूर्वको वर्षाको प्रभाव तुलनात्मक रूपमा बढी देखिन थालेको छ । तर, तराईमा विगत ६ महिनादेखि पानी नपरेका कारण डढेलोको प्रकोप उच्च हुने देखिएको छ । डिभिजन वन कार्यालय र सामुदायिक तथा साझेदारी वनहरूले डढेलो नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गरिरहेका छन् । वन जंगलमा जानेहरूले आगो लगाउँदा ठूलो क्षति हुँदै आएको छ । हरिया हुँर्कदै गरेका रुख विरुवा ठूलो संख्यामा नष्ट हुँदै आएको छ । त्यसकारण अहिले वन जंगलमा घाँसपात गर्नेहरूलाई नियन्त्रण गर्ने तथा त्यसपूर्व चेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता छ । त्यसमाथि अहिले देशका विभिन्न स्थानमा बेलुकापख दिनहुँजसो निरन्तर आउने हावाहुरीका कारण मानवीय क्षतिका अतिरिक्त भौतिक क्षति बढ्दै गएको छ । पश्चिम क्षेत्रमा हावाहुरीकै कारण मानवीय जोखिम समेत बढेको छ । हावाले बिजुलीको पोल ढलाउँदा बिजुली आपूर्तिमा अवरोध सिर्जना भइरहेको छ । मौसमविद्हरूका अनुसार मनसुन भित्राउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम बढ्दै गएकोले वेगयुक्त हावाहुरी तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना बढिरहेको छ । यो क्रम तराईमा पछिल्लोसमय बढिरहेको छ । यसबाट बेलैमा सतर्क नहुने हो भने ठूलो क्षति हुन सक्ने भएकोले बेलैमा ध्यान दिनु जरुरी छ । नेपालका विभिन्न भू–भागमा आउँदा केही दिनसम्म हावाहुरी तथा पूर्व मनसुनी वर्षाको सम्भावना अधिक रहने अनुमान गरिएको छ । यस्तो बेला सही मौसमी सूचनाको आवश्यकता पर्दछ । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ । यसका अतिरिक्त सर्वसाधारणले हावाहुरी चल्ने समयमा आफू तथा परिवारको रक्षाका लागि पूर्व सावधानी अपनाउनु र त्यत्तिकै सजग हुनु जरुरी छ । आफूसंगै वरिपरीको वातावरण जोगाउनेतर्फ पनि पहल नगर्ने हो भने सानो आगोको झिल्कोले ठूलो क्षति गराउने कुरामा सम्वन्धित निकायले होस पु¥याओस् ।
पछिल्लोसमय आगलागीको घटना बढिरहेकोले प्राकृतिक प्रकोप जोखिम व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । हावाहुरीका कारण विद्युत पोल ढल्ने समस्यामात्र होइन, ठूला ठूला रुखहरूले समेत जोखिम निम्त्याएका छन् । हुरीका कारण ती ठूला रुख ढल्दा एकातिर त्यसले मानवीय क्षति बढिरहेको छ । सहर सौन्दर्यको नाममा हुने बुढा र ठूला रुख कटान, छटान र व्यवस्थित गर्नु जरुरी छ । हरेक बर्ष रुखको हाँगा नछिमोलिएकै कारण हाँगा भाँचिएर मानवीय दुर्घटना भएको समाचार सुन्न परिरहेको छ । अहिले बुटवल नारायणगढ सडक खण्डका जोखिमयुक्त रुख सडक निर्माणकै क्रममा ढालिएको छ । तसर्थ यो खण्डमा त्यो समस्या अहिले छैन तर अरू स्थानमा यिनै बुढा र ठूला रुखले जोखिम बढाएकोले सतर्कता आवश्यक छ । हावाहुरीसंगै प्रि मनसुनको समयमा चट्याङले समेत ठूलो क्षति पु¥याएको विगतका घटनाबाट पाठ सिक्नु जरुरी छ । । हरेक बर्ष चट्याङका कारण ठूलो मानवीय क्षति हुने गरेको छ । यो बर्षपनि चट्याङ लागेर रुकुममा चालिसवटा भेडा घाईते भएका छन् भने तीनजना मानिससमेत घाईते भएका छन् । मौसमविदहरूले चट्याङ मानवका लागि मूख्य चुनौतिको रूपमा देखापरिरहेको बताएका छन् । त्यसकारण अव चट्याङबाट बच्ने तथा सावधानी अपनाउनेतर्फ सवैले ध्यान दिनु जरुरी छ । डढेलो, हावाहुरी, चट्याङ लगायतको प्राकृतिक प्रकोप र जोखिमबाट बच्न पूर्व तयारीमा सम्वन्धित निकाय सचेत हुनैपर्ने बेला आएको छ । त्यसैले अहिले वन जोगाउने हो भने डढेलो लाग्नै नदिनेतर्फ सतर्कता आवश्यक छ । त्यसैगरी मनसुनपूर्वको जोखिम व्यवस्थापनमा राज्यको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?