© २०२३
बुटवल, १७ चैत । रोटरी क्लब अफ बुटवल साउथको आयोजनामा १२ औं स्वर्गीय कमलराज पाठक भलिबल प्रतियोगिताको उपाधि रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालले चुमेको छ । हिलपार्कस्थित लाफा भलिबल कोर्टमा शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा रोटरी क्लब अफ बुटवल चौतारीलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट स्पाईक नबिन घिमिरे, उत्कृष्ट खेलाडी डा प्रकाश बस्नेत घोषित भए । यसैगरि रोट्याक्टतर्फको प्रतियोगितामा रोट्याक्ट क्लब अफ मणिग्राम विजयी भएको छ । फाईनल खेलमा रोट्याक्ट क्लब अफ बुटवल साउथलाई २–१ को सेटमा पराजित गर्दै मणिग्रामले उपाधि जितेको हो । प्रतियोगितामा उत्कृष्ट स्पाईक इशाल सिजाली, उत्कृष्ट खेलाडी रोशन क्षेत्री घोषित भए ।
प्रतियोगितामा १६ रोट्याक्ट र ६ रोटरी गरि २२ टिमहरु सहभागी रहेका संयोजक ईपल भण्डारीले बताए । यसैगरि गतवर्ष रोटरी क्लब अफ लुम्बिनी स्टार र रोट्याक्ट तिलोत्तमा देवदह विजेता रहेका थिए ।