ट्रेंडिंग:

>> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री

स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा

१७ चैत्र २०८१, आईतवार
१७ चैत्र २०८१, आईतवार

मुगु १७ चैत ।

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मुगुको रारा बहुमुखि क्याम्पसमा चुनावी माहोल तातिएको छ । सोमबार अर्थात चैत १८ गते हुने स्वबियु निर्वाचनका लागि मुगुका सक्रिय विभिन्न दलनिकटका संगठनहरू र एक स्वतन्त्र उम्मेदवार र दुई जना प्रत्यक्ष दलनिकटबाट अध्यक्ष पदका लागि प्रतिस्पर्धाको लागि मैदानमा उत्रिएका छन् ।बिगतका बर्ष भन्दा यो वर्ष रारा बहुमुखी क्याम्पसमा भोलि हुन लागेको निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ ।

प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ , नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् ।  एकातिर पछिल्लो समय विद्यार्थीहरूमा दलहरू प्रति असन्तुष्टि बढ्दै गएकाले सायद मुगुमा पहिलो पटक स्वतन्त्र उम्मेदवारी रहेको छ । निर्वाचन समितिका निर्वाचन अधिकृत लाल केशर रोकायाका अनुसार नेपाल विद्यार्थी संघ , अनेरास्ववियु , एक  स्वतन्त्र उम्मेदवार र  अखिल क्रान्तिकारी विद्यार्थी संगठन निर्वाचन प्रतिस्पर्धामा छन् ।नेकपा एमाले निकट अनेरास्ववियु , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत रोकायाको भनाई छ । प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा हात पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

अध्यक्ष पदका लागि नेविसंघबाट जयलक्ष्मी रावल , गठबन्धन बाट अनेरास्ववियुका रविन्द्र मल्ल र स्वतन्त्र उम्मेदवारका रूपमा सुशिल कुमार मल्ल प्रतिस्पर्धामा छन् । कोषाध्यक्ष पदमा नेविसंघ बाट पञ्चादेवि सेजुवाल र गठबन्धन बाट अनेरास्ववियुकी सरीता खड्का , सचिवमा नेविसंघका सागर हितान , गठबन्धन बाट अखिल क्रान्तिकारीकी औसरा बुढाले उम्मेदवारी दिएका छन् । स्ववियु कार्यसमितिको रारा बहुमुखि क्याम्पसमा अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित २ सदस्यीय हुने व्यवस्था छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको रारा बहुमुखि क्याम्पसमा नया नेतृत्व चयनका लागि १ सय ७२ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन् । २०७९ साल चैतमा सम्पन्न  निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका राज तामाङ अध्यक्षमा निर्वाचित भएका थिए ।बिगतका वर्ष भन्दा यो बर्ष ववियु निर्वाचन अलि रोचक देखिने छ । एकातिर गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने अर्को ति स्वतन्त्र उम्मेदवार । यस वर्षको स्ववियु मुगुको निर्वाचनमा कस्ले बाजि मार्ला भन्ने त्यो हेर्न बाँकि छ । निर्वाचन भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?