© २०२३
कपिलवस्तु, १८ चैत्र ।
ईस्लाम धर्माबलम्बीको बाहुल्यता रहेको कपिलवस्तु जिल्लामा सामुहिक नमाज पढेर ईद पर्व मनाइँदै छ ।
ईदको अवसरमा कपिलवस्तु नगरपालिका वडा १ को मदरसा मरकज एमाम अहमद बिन हम्बलमा सामुहिक नमाज पढिएको छ । त्यसै गरि जिल्लाका बिभिन्न स्थानमा रहेको ईदगाहमा नमाज पढिएको छ । मदरसा मरकज एमाम अहमद बिन हम्बलमा पुरुष र महिलाले छुट्टा छुट्टै सामुहिक नमाज पढे ।
ईस्लाम धर्मको सुन्नत समुदायमा पुरुषहरुले मात्रै ईदगाहमा नमाज पढ्ने गर्छन, तर अहले हदीस समुदायका महिलालाई पनि महिलाहरु बिच सामुहिक नमाज पढ्ने अनुमती दिइएको छ । मस्जिदमा महिलाका लागी छुट्टै टेन्ट लगाएर नमाज पढ्ने व्यवस्था गरिएको थियो । मस्जिदको आधा क्षेत्र महिलाका लागी टेन्ट लगाएर पर्दा राखिएको छ । त्यहाँ करिब ५ सयको संख्यामा
महिलाले सामुहिक नमाज पढेका थिए । महिलाले मदरसामा ईदको सामुहिक नमाज पढ्ने कार्य देशभरनै न्युन भेटिने गरेको छ । ईदको अवसरमा ईस्लाम धर्मबलम्बी पुरुष र महिलाले नमाज पढेको मौलाना मोहम्मद मुस्तफा मदनीले जानकारी दिए । उनले सरकारलाई ईस्लाम धर्माबलम्बीले मनाउने ईदमा ३ दिन बिदा दिन माग गरें ।
ईदका अवसरमा नमाज पछि नयाँ लुगा लगाउने र सेवई सहितका मिठा परिकार खाने चलन छ । जिल्लामा रहेका ईस्लाम धर्माबलम्बीहरुले तौलिहवा, चन्द्रौटा, कृष्णनगर र अभिरावमा रहेको ईदगाह र मदरसामा सामुहिक नमाज पढि बिश्व शान्तिको कामना गर्दै ईद पर्व मनाउदै छन ।