Butwal Today

पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

चैत १५ गतेको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद रेखा शर्मा ले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता भएको उल्लेख गर्दै उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीको तर्फबाट कडा माग राखेकी छन्।

शर्माले भनिन्, “आन्दोलनको आयोजक जुन संस्थालाई राखिए पनि कार्यक्रमको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र संलग्न भएको स्पष्ट रूपमा देखिएको छ। संविधान र कानुनभन्दा माथि कोही छैन।” यसै गरी उनले माओवादी केन्द्रले सधैँ पश्चगमनको पक्षमा नहुने र भविष्यमा पनि नहुने स्पष्ट पारेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?