ट्रेंडिंग:

>> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर : प्रधानमन्त्री कार्की >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद

दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार
भैरहवा, १७ चैत ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामुदायिक विद्यालयमा संचालन भएको दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले दिवा खाजा कार्यक्रमलाई पोषणयुक्त र स्थानीय अर्गानिक खाद्यपदार्थसँग जोड्न जरुरी रहेको र यसले नवपुस्ताको स्वास्थ्य र पोषणमा सुधार ल्याई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने बताइन । ‘संविधानले विद्यालय शिक्षालाई स्थानीय तह मातहत अधिकार दिएपनि विद्यालय शिक्षाको कमजोरीका कारण अहिले नवयुवाहरुमा निराश पैदा भएको छ । राष्ट्रको समग्र विकासको चाहना राख्नका लागि जनप्रतिनिधीहरुले शिक्षा क्षेत्रलाई समग्र सुधारमा ध्यान दिनुपर्छ ।
`जनप्रतिनिधीहरुले अधिकारको मात्रै होइन कर्तव्य र जिम्मेवारीको महशुष गर्नुपर्छ, विद्यालय शिक्षाको सुधारहरुको लागि जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेकोले यसलाई सफल बनाउन जनप्रतिनिधिहरुको पहल र सक्रियताको अपेक्षा रहेको छ,’ उनले भनिन् ।
२०६२–६३ को जनआन्दोलनपछि महिलाको अधिकार सम्बन्धि महत्वपूर्ण ४ वटा विशेष प्रस्ताव पारित गरि महिला अधिकार सुनिश्चितको बलियो आधारशीला निर्माण गरेको बताउदै सोही जगले नै २०७२ सालमा जारी संविधानले ३३ प्रतिशत संवैधानिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताइन ।
आधारभूत अधिकारलाई मौलिक हकमा सुनिश्चित गरेको परिणाम स्वरुप तीनै तहका सरकार, संसद, तथा निति निर्माण निकायहरुमा महिलाको सहभागिता उल्लेखनीय रुपमा बृद्धिहुनुको साथै जनप्रतिनिधी महिलाहरुको भूमिका झन सशक्त हुदै गएको छ ।
लुम्बिनी प्रदेश लगायत सातै प्रदेश र स्थानीय तहहरुमा अधिकांस महिला जनप्रतिनिधी समानुपातिक प्रणलीबाट र पुरुषहरु प्रत्यक्ष प्रणलीबाट आएपनि दुबैले समान हैसियत र अवसर पाइनुपर्ने ठाँउमा महिला भएकै विभेद भइरहेको गुनासो आइरहेको बताउदै यो दुखद कुरा र संविधान एवं कानुनी मापदण्डको प्रतिकुल रहेको बताइन ।  उनले पछिल्लो निर्वाचनको क्रममा राजनैतिक दलहरुको बीच भएको गठबन्धनले कतिपय अवस्थामा संवैधानिक प्रावधान विपरीत महिला सहभागिताको अनुपात घटेको पाइएको बताइन । आगामी निर्वाचनमा राजनैतिक दलहरुले यो विषयमा विशेष ध्यान पु¥याउन जरुरी रहेको बताइन ।
शिक्षा स्वास्थ्य रोजगारी सम्पतिमा स्वामित्व र श्रम सहभागिता जस्तो क्षेत्रमा उल्लेखनीय सुधार भई नेपालको समग्र लैगिङ विकास सुचकांकमा पनि सकारात्मक प्रगति देखिएको छ । उपलब्धिकै कारण महिला सशक्तिकरण र लैगिङ समनताको क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनका लागि प्रेरणदायी बनेका छन ।
हाल सम्म प्राप्त उपलब्धिहरुको रक्षा गर्दै संविधानअनुसारको महिला अधिकारको पूर्ण कार्यान्वयन गर्न तथा पूर्ण लैगिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो अभियानलाई हामीले निरन्तरता दिनु पर्छ । लैगिक समानताका लागि विभिन्न नितिगत तथा क्रमागत प्रयासहरु भएतापनि समाजमा गहिरो रुपमा जरा गाडेको पुरातन पृतसतात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, सास्कृतिक शैक्षिक राजनैतिक र आर्थिक रुपमा पछाडि परिरहेको अवस्था रहेको बताइन ।बालविवाह, बहुविवाह, दाइजो, छाउपडी बोक्सीको आरोप जस्ूता महिला विरोध सामाजिक परम्परा अझै पनि समाजमा विद्यमान देखिएको बताउदै अझै महिलाहरु घरेलु हिंसा, यौन दुव्र्याहार, हत्या र बलत्कार जस्ता जघन्य हिंसाको शिकार बन्न बाध्य रहेको बताइन ।
यी समस्या समाधानका लागि कानुनको प्रभावकारी कार्यान्वयन, आवश्यकता अनुसारको कानुनी सुधार र व्यापक सचेतनामुलक अभियान आवश्यक रहेको बताइन ।  उनले पुरुष र महिलाको जैविक भूमिका र जिम्मेवारी फरक भएपनि ती भूमिका एक अर्कामा परस्पर पुरक र अन्तरसम्बन्धित भएको बताउदै समाजद्वारा सृजना गरिएको विभेद हटाई न्यायपूर्ण एवं समतामुलक समाज निर्माण गर्न महिला र पुररुषको समान सहभागिता महत्वपूर्ण रहेको बताइन ।
संविधान र कानुनले सुनिश्चित गरेका महिला अधिकार एवं नागरिकको मौलिक हक कार्यान्वयनका लागि मुलुकको अर्थतन्त्र सुदुढ हुनु आति आवश्यक छ । त्यसका लागि मुलुकमा उपलब्ध स्रोत, साधन र सम्पदामा आधारित उदमशीलताको विकास मार्फत उत्पादनमा बृद्धि एवं रोजगारीको सृजनो गरि  सुदृण एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न पनि हामी उत्तिकै ढंगले लाग्नु आवश्यक छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मेनुका पोखरेलले अपमान र तिरस्कारका कुरालाई पन्छाउँदै अगाडि बढ्न जरुरी भएको बताइन । महिला विभाजित हुँदा अधिकार बाट पनि वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलको भनाई छ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक जमुना ढकालले देशमा भएको हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण योगदान भएको बताइन ।
लोकतान्त्रिक समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतक हेमा बेल्वासे केसीले प्रमुख ओहोदाहरुमा पनि महिलाले नेतृत्व गर्न सक्छन् भन्ने दिन आएको बताइन । बेल्वासेले बजेट र नीति बनाउने बेला महिलाहरू विभेदमा परेको जानकारी दिइन । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले नीति बनाउने ठाउँमा महिलाहरू पुग्न जरुरी भएको बताइन ।
‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानको अध्यक्षता उपप्रमुख उमा अधिकारीको स्वागतमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, वासुदेव घिमिरे, लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री भुमिश्वर ढकाल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?