ट्रेंडिंग:

>> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय

निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

सल्यान, १७ चैत ।

नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कार्यसमितिको प्रथम पदाधिकारी बैठकले सात बँुदे कुपिण्डेदह घोषणापत्र जारी गरेको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा अवस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा रहेको नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक कुपिण्डे दहमा सम्पन्न बैठकले घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा दैनिक कार्यालयमा आउने सेवाग्राहीप्रति शिष्टाचारको रुपमा “आफैबाट पहिलो नमस्कार” अभियान सञ्चालन गरी “सरल सरकारः सहज सेवा” को मान्यतालाई आत्मसात गर्दै सार्वजनिक सेवा प्रवाह गर्न सरोकारवालामा अनुरोध गर्ने उल्लेख गरिएको छ । सहभागितामूलक सेवा तथा सुशासन प्रवद्र्धनका लागि र “सेवाग्राही लाईनमा होइन अनलाइनमा” भन्ने ध्येयलाई अवलम्बन गर्न सरोकारवाला सबैमा अनुरोध गर्ने पनि बैठकको निर्णय रहेको छ ।

यसैगरी संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा, वृत्ति विकास, समय सापेक्ष सेवा सुविधा वृद्धि र उच्च मनोभावका साथ सेवा प्रवाह गर्ने कार्य वातावरण सिर्जना गर्न माग गरिएको कर्णाली प्रदेश कार्यसमिति अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।

सार्वजनिक प्रशासनलाई समय सापेक्ष परिस्कृत बनाउँदै आम नागरिकले अनुभुत गर्ने गरी शीघ्र सेवा, तीब्र विकासको अभियान सञ्चालन गर्ने, पछिल्लो समयमा पेशाकर्मीहरुमाथि कार्यस्थलमै हुने गरेका अभद्र, अवाञ्छित र अमर्यादित खालका गतिविधि अन्त्य गर्दै सुरक्षित र मर्यादित वातावरणमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने उचित कार्य वातावरण सिर्जना गर्न तीनै तहका सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ ।

गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका लागि सार्वजनिक प्रशासनमा ज्ञान, सीप, क्षमता र दक्षतायुक्त जनशक्ति व्यवस्थापनका गर्न समय सापेक्ष तालिम, प्रशिक्षण लगायतका क्रियाकलाप सञ्चालन गरी उच्च क्षमतामा काम गर्ने वातावरण सिर्जना गरी सामाजिक न्याय, दिगो शान्ति, सुशासन र विकास मार्फत “समृद्ध नेपालः सुखि नेपाली” को राष्ट्रिय आकांक्षा पुरा गर्न आधार सिर्जना गर्न पहल गर्ने र पेशागत हक हित र अधिकारको रक्षाका निम्ति ट्रेड युनियन अधिकारको सुनिश्चिता गर्न सरकारसँग माग गर्दै जिम्मेवारी र कर्तव्यबोधका साथ सेवा प्रवाह मार्फत कर्णाली प्रदेश सरकारको “समृद्ध कर्णालीः सुखारी कर्णालीबासी” को अभियानलाई सार्थकता दिने प्रतिवद्धता घोषणापत्रमा गरिएको छ ।

वृहत बनभोज तथा क्यालेण्डर विमोचन

यसैविच सो अवसरमा नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्यसमिति सल्यानको आयोजनामा बृहत बनभोज तथा २०८२ सालको क्यालेन्डर विमोचन कार्यक्रम पनि शनिबार कुपिण्डे दहमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ सल्यानका सह–सचिव तथा छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले पद त्याग गरी नेपाल निजामती कर्मचारी संगठनमा प्रवेश गर्नुभएको छ । लोकसेवा आयोग पास गरिसकेका कर्मचारीहरूलाई संगठनमा आवद्ध गरियो र प्रेम बहादुर डाँगीको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको संगठनका जिल्ला कार्यसमिति अध्यक्ष डिल्ली बहादुर घर्तीले जानकारी दिए ।

सो क्रममा संगठनका लामो समयका सदस्य, कोषाध्यक्ष, कार्यवाहक अध्यक्ष र अध्यक्ष पदमा रही संगठनको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ध्रुव बहादुर खत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेकपा (एमाले) सल्यान जिल्ला उपाध्यक्ष एवम् जनवर्गीय संगठन विभाग प्रमुख तथा छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले कर्मचारीहरूको एकता, संगठनात्मक सुदृढीकरण तथा पेशागत हित संरक्षणका लागि काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार मोहन गिरी, कर्णाली प्रदेश इन्चार्ज तुलाराम गिरी, सह–इन्चार्ज टंक लामिछाने, केन्द्रीय अनुशासन आयोगका सचिव शंकर भट्टराई, केन्द्रीय सदस्य प्रकाश खड्का, कर्णाली प्रदेश कार्यसमिति अध्यक्ष राजेश आचार्य, महासचिव प्रकाश शर्मा लगाएतको सहभागिता रहेको थियो ।

यस्तै संगठनका सुर्खेत जिल्ला कार्यसमिति अध्यक्ष सीता कडेल, पेशागत महासंघ सल्यानका अध्यक्ष विष्णु भण्डारी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सल्यानका अध्यक्ष लोक बहादुर बस्नेत, नेपाल बुद्धिजीवी परिषद सल्यानका अध्यक्ष मोहन खड्का लगायत संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कार्यालय प्रमुख एवं संगठक कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?