Butwal Today

तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

कपिलवस्त, १८ चैत ।
कपिलवस्तु जिल्लालाई धार्मिक पर्यटकीयस्थलको रूपमा बिकास गराउने उद्धेश्यका साथ चैत्राष्टमीको अवसर पारेर तौलिहवामा श्री राम कथा ज्ञान महायज्ञ सञ्चालन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवा स्थित श्री बुद्ध पद्यम माबिको खेल मैदानमा चैत्र १७ देखि २५ गतेसम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो । महायज्ञको पहिलो दिन प्राचिन बाणगंगा नदीको रामघाटबाट महायज्ञस्थल सम्म हात्ती, रथ, झाँकी र गाजाबाजा सहित १ हजार ८ कलश तथा शोभा यात्रा गरिएको थियो । ठूलो संख्याका श्रद्धालुहरू कलश तथा शोभा यात्रामा सरिक भई महायज्ञका लागि जल लिन रामघाटमा पुगेका थिए । नौ दिनसम्म चल्ने महायज्ञमा अयोध्या स्थित मानव धर्मोस्थान संस्थानका अध्यक्ष आचार्य पण्डित रमोज वत्स जी महाराजबाट दैनिक कथा बाचन हुने जनाइएको छ ।

त्यसैगरि आचार्य राजेश जी महाराज, आचार्य कमलेश जी शास्त्री, आचार्य सत्यम जी महाराज, आचार्य पण्डित ऋतुराज शास्त्री जी लगायतले दैनिक संगित भजन, गीत प्रणायाम, यज्ञ मण्डपमा पुजा तथा हवन, महाआरती, संगितमय राम कथा, धार्मिक लिला एवं झाँकी प्रदर्शन गर्ने छन । महायज्ञको पुर्णाहुती तथा हवन चैत्र २४ गते हुने प्रसाद ग्रहण सहित समापनको कार्य चैत्र २५मा गर्ने गरि योजना अगाडि बढाइएको मुल समारोह समितिले जनाएको छ । हरेक बर्ष बोमबम कावरजल यात्रामा सरिक हुने श्रद्धालु बढदै आएको अवस्थामा जिल्लालाई धार्मिक पर्यटकीयस्थलको रूपमा बिकास गर्ने योजनाका श्री राम कथा ज्ञान महायज्ञ आयोजना गरिएको मुल समारोह समितिका सदस्य गणेशलाल कर्णले बताए । उनले महायज्ञलाई तत्कालका लागी पाँच बर्ष सम्म निरन्तरता दिने योजना समितिको रहेको उनले प्रष्ट्याए । राम कथामा प्रस्तुत हुने रामको आदर्श, भरतको भातृत्व र सिता माताको निष्ठाले समाजलाई सकारात्मक मार्गमा डो¥याउने उनले बताए ।
एक हजार ८ कलश तथा शोभा यात्रा गरि बाणगंगा नदीबाट जल लिएर महायज्ञस्थल सम्म पुगेर शुरु हुन थालेको महायज्ञले सनातन धर्म संरक्षण तथा भातृत्व र मेलमिलापको सन्देश दिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष बिरेन्द्र चौधरीले बताए ।

बिश्व शान्तिको सन्देश प्रवाह गर्दै सनातन धर्म संस्कृती संरक्षणमा युवा पुस्तालाई समेत जागरुक बनाउन महायज्ञले भुमिका खेल्ने उनले बताए । ऋषीमुनीहरूको तपोभुमी, प्राचिन तौलेश्वर नाथ महादेवको मन्दिर र गौतबबुद्धको जिवनी जोडिएको कपिलवस्तु जिल्लाको प्रचार प्रसार तथा प्रबद्र्धनमा श्री राम कथा ज्ञान महायज्ञले सहयोग पुग्ने लुम्बिनी प्रदेशसभाका सदस्य मधुसुदनशरण चौधरीले बताउछन । कपिलवस्तु जिल्लाको बिकास हुनु पर्ने गतिमा नभएको अवस्थामा महायत्रमा नेपाल भारत सहितका छिमेकी स्थलका श्रद्धालु सरिक हुदाँ कपिलवस्तुको प्रचार प्रसारमा टेवा पुग्ने उनको बुझाई थियो । कलश तथा शोभा यात्रामा जिल्लाको बिभिन्नस्थानबाट हिन्दु धर्ममा आस्था राख्ने पहाडी, मधेसी र थारु समुदायका ठुलो संख्यामा श्रद्धालु सरिक भएका थिए ।