© 2026
बुटवल, १७ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा जिल्लाको १२ औ स्थापना दिवसको अवसरमा आफनो कार्यालय भवन उद्घाटन गरेको छ । ब्लड बैंक नजिकै नेपालगन्ज रोडमा एक समारोहका बिच होटल ह्वाईट पाण्डाका संचालक विष्णु कार्कीले कार्यालय भवनको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा आफु सहयोग गर्न सधै तयार रहेको बताए । यसैबिच कार्कीले समाजलाई २१ हजार ७ सय ७७ रुपैया आर्थिक सहयोग सहित संस्थाको आजिवन सदस्यता समेत लिएका छन । यसैगरि समाजका कोषाध्यक्ष तुल्सा न्यौपानेले बुबाका जन्मदिनको अवसरमा संस्थालाई २ हजार १ सय रुपैया आर्थिक सहयोग गरेकी छिन ।
कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले एक दशकभन्दा बढि समयदेखी यस क्षेत्रमा संस्थाबाट भएका कार्य प्रगतिबारे प्रकाश पारे । बैकल्पीक ब्लड बैकको रुपमा सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताए । अहिलेलाई बिहान १० देखी ५ बजेसम्म कार्यालयबाट सेवा दिने र बिस्तारै २४ घण्टा नै सोवा दिने लक्ष्य रहेको उनले बताए । रगत अभावमा रहेका विरामीका आफन्तलाई रक्तदातासंग समन्वय गराउने महत्वपूर्ण काम कार्यालउबाट गरिने उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलका सदस्य सचिव राधा शर्माले वर्षभरि नै सबैभन्दा धेरै रक्तदान कार्यक्रम गरि सामाजिक क्षेत्रमा समाजबाट योगदान हुदै आएको बताईन ।
कार्यक्रममा मृगौला तथा मुटु पिडित सरोकार संघका अध्यक्ष कृष्ण मल्ल ५०० जना बढी मृगौला पिडितहरुको लागि समाजबाट उत्कृष्ट काम हुदै आएको भन्दै थप रचनात्मक रुपम अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि रुपन्देही जिल्ला शाखाको मन्त्री टेक बहादुर थापा, तिनाउ हस्पीटल प्रालिका अध्यक्ष चिरन्जीवी जोशी,समाजसेवी कृष्ण प्रसाद भट्टराई, कानुनी सल्लाहकार सुजन भण्डारी, समाजका सचिव अर्जुन पौडेलले सामाजिक क्षेत्रमा सबै क्षेत्रबाट सहयोग जरुरी रहेको बताए ।