ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्ततरगत रहेका सम्पूर्ण खोप कार्यक्रम संचालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरूमा हाल आएर निशुल्क रूपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मदेखि दुईबर्षभित्रका बालबालिकाहरूलाई बिभिन्न तेह्रवटा घातक रोगहरूको बिरुद्धमा खोपहरू उपलब्ध भएको कुरा सर्बबिदितै छ । यस्ता घातक रोगहरूबाट भविष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूलाई पूर्णरूपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यि तेह्रवटा घातक रोगहरूबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई जन्मपश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अनिबार्य रूपमा स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरूसंग बच्चालाई सातपटक भेटगरी नौ वटा खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरूबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै सम्बेदनशील र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रूपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई पिवान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ ।
खोपको महत्व:
खोप निशुल्क पाईन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमुहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्युमध्ये एक जनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागि फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुनेदर र मृत्यु हुनेदर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । बच्चालाई खोप पूरा गर्न पाँच हजारदेखि आठ हजार रूपैंयासम्म खर्च लाग्दछ भने एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि पैंतिसदेखि चालिस हजार रूपैंया खर्च लाग्ने भनिएको छ । त्यसकारणले पनि नेपाल सरकारले बच्चाको लागि निशुल्क रूपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरूलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ । नेपाल सरकारले निशुल्क रूपमा बालबालिकाहरूका लागि सञ्चालनमा ल्याएको यो खोप कार्यक्रम बाट प्राप्त हुने खोपहरूलाई बाहिरीरूपमा किनेर प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरूको बहस भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेटन नसक्ने हुनाले आफ्ना बालबालिकाहरूलाई यस्ता तेह्रवटा घातक रोगहरूबाट बचाउन बालबालिकाहरूलाई लुलो, लङ्गडो, लठेब्रो, सुस्त मनस्थीति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक बिकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निशुल्क रूपमा प्रगोगमा आएका नियमित रूपमा हरेक महिना सन्चालनमा ल्याईएका खोपहरूलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरूलाई लगेर अनिबार्य खोप लगाऔं । भबिष्यका कर्णधारको रूपमा रहेका बालबालिकाहरूको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालिकाहरूको भबिष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरूको खोप लगाउन पाउनुपर्ने नैसर्गिक अधिकारबाट बञ्चित नगरौं ।

यस्तो छ सात भेट मानौ खोप र तेह्र रोग:
१. पहिलो भेटः जन्मने बित्तिकै बिसिजी खोप । क्षयरोगका बिरुद्धमा
२. दोस्रो भेटः६ हप्तामा: रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पि सि भि (पहिलोमात्रा), डिपिटी हेप बी. हिब (पहिलो मात्रा) । रोटा भाईरसबाट हुने झाडापखाला ३. पोलियो ४. निमोनिया (निमोकोकल रोगहरू) ५. भ्यागुते रोग ६. लहरेखोकी ७. धनुष्टंकार ८. हेपाटाईटिस बि ९. हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा ।
३. तेस्रो भेटः दश हप्तामाः रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रोमात्रा), पिसिभी (दोस्रो मात्रा), डिपिटी हेप बि हिब (दोस्रो मात्रा): रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरू), भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा ।
४.चौथो भेटः चौध हप्तामाः पोलियो (तेस्रोमात्रा), एफआईपिभी (पहिलो मात्रा), डिपिटी हेप बि हिब (तेस्रो मात्रा): पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा ।
५. पाँचौ भेटः नौ महिनामाः पिसिभी (तेस्रो मात्रा) एफआईपिभी (दोस्रो मात्रा) दादुरा, रुबेला (पहिलो मात्रा¬):निमोनिया (निमोकोकल रोगहरू), पोलियोका रोगहरू १०. दादुराका बिरुद्धमा ।
६. छैठौं भेटः बाह्रौ महिनामाः जापानिज इन्सेफ्लाईटिस (एकमात्रा): ११. जापानिज इन्सेफ्लाईटिसका बिरुद्धमा ।
७. सातौं भेटः पन्ध्रौं महिनामाः दादुरा रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा) १२. दादुरा र रुबेला रोगको बिरुद्धमा १३. टाइफाइड रोगका बिरुद्धमा ।
यसरी नेपाल सरकारबाट निशुल्करूपमा बितरण गरिएका यी महत्वपूर्ण खोपलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सवै सरोकारवालाहरू, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासनलगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य भएमात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । आ–आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अवधिमा अनिवार्यरूपमा गएर आफ्ना बालबालिकाहरूलाई यस्ता प्राणघातक रोगहरूबाट बचाउनु हरेक नागरिकको कर्तब्य हो । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ– आफ्ना बालबालिकालाई घातक रोथबाट बचाऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?