ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

जितपुर, १४ मंसिर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा तेस्रो नगरस्तरीय खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सुरु गरिएको यो प्रतियोगिता महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको हो। शाखाकी प्रमुख सुसिला पन्थका अनुसार प्रतियोगितामा १४ टोली सहभागी छन्। बिहीबार १२ टोलीको खेल सम्पन्न भइसकेको छ भने शुक्रबार फाइनल खेल हुनेछ।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख चक्रपाणी अर्यालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले लैंगिक हिंसाबारे सचेतना अभिवृद्धि गर्न यो अभियानलाई महत्त्वपूर्ण बताए। लैंगिक हिंसा पुरुष, महिला र यौनिक अल्पसंख्यक सबैमाथि हुनसक्ने भएकाले यसबारे गहिरो रूपमा बुझ्न आवश्यक रहेको उनले उल्लेख गरे।

नगरपालिकाका उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगाले १६ दिने अभियानलाई विभिन्न कार्यक्रमसहित प्रभावकारी रूपमा मनाउँदै आएको बताइन्। उनले कपिलवस्तुका अन्य पालिकाले अभियानलाई मात्र उद्घाटनमा सीमित राख्ने तर बाणगंगाले विविध गतिविधिसहित सार्थक बनाउने अभ्यास गरेको उल्लेख गरिन्।

खेलमा सहभागी टोलीलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम, द्धितीय, तृतीय, र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले क्रमशः नगद १०,०००, ८,०००, ६,०००, र ४,००० रुपैयाँसहित प्रमाण पत्र प्राप्त गर्नेछन्।

नगरप्रमुखले खेलकुदमा महिलाको सहभागिता बढाउन नगरपालिकाले ठोस योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। प्रतियोगिताले महिलालाई स्वास्थ्य र खेलकुदप्रति प्रेरित गर्दै सशक्तिकरणको सन्देश दिने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?