ट्रेंडिंग:

>> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व >> गुरुकुललाई बुद्धभूमि नगरपालिकाको सहयोग

सिंचाईले कचल गाउँमा कमाल

कोदो खेती मात्र गरेका कृषकले सिंचाइ सुविधा पुगेपछि १२ महिना खेत बारीमा खेती गरिरहेका छन् । यसले कचलवासीको आर्थिक आम्दानीमा समते बृद्धि भएको स्थानीय लेख बहादुर कार्की बताउँछन ।
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

पाल्पा, १४ मंसिर ।
पाँच बर्ष अगााडीसम्म खेतबारीमा कोदो मात्र खेती गरेका कचलका कृषकलाई कोदो रोप्न मात्रै छुट छैन । यहाँका किसानले खेतबाट धान मकै तोरीको राम्रो उत्पादन लिन लागेका छन । एक वालीमा मात्र आश्रित ३ सय घर परिवारले खेतमा अन्य अन्नको उत्पादन लिएका छन् । यसबाट खेतमा किसानको व्यस्तता बढेको छ भने उनीहरूको आर्थिक अवस्थामा समेत परिवर्तन देखिन थालेको छ ।

सिंचाईको असुबिधाका कारण कोदो खेती मात्र गरेका कृषकहरूले १२ महिना खेतबारीमा हराभरा हुने गरी सिंचाई सुबिधा भएका कारण धान मकै तोरीको राम्रो उत्पादन भएको कृषक लेख बहादुर कार्की बताउँछन । यसबाट कृषकको जिवनस्तरमा समेत परिवर्तन देखिएको उनको भनाइ छ । पहिले एक पेट खान कठिन थियो तर आज सबैको घर घरमा २ बर्ष अगाडिको धान अझै बाँकी छ जव पर्याप्त मात्रामा अन्न भयो तव पशुपालन व्यबसाय समेत फष्टाउँदै गयो । बाख्रापालन बाट समेत बार्षिक रूपमा दुईदेखि चार लाख रूपैयाँ नकमाउने कोही छैनन् । पहिले अन्नपात खरिदको लागि लाखौ रुपियाँ खर्च हुन्थ्यो तर अहिले कचलका फाँटमा फलेका अन्नपात बिक्रीबाट कृषकहरूले लाखौं रूपैयाँ आम्दानी गर्न थालेका छन । पहिला पेटभर खान पनि थिएन त अहिले दिनहरू फेरियो, घरमै अन्नपात बेचेर लाखौ रूपैयाँ आन्दानी हुन थालेको शान्ता कुवँर खड्का बताउँछिन ।
२०४० सालबाट तत्कालीन स्वर्गीय राजा विरेन्द्रको तोक आदेशमा कचल फाँटमा सिचाईको योजना निर्माणको लागी हुकुम भएको ३५ बर्षपछि फाँटमा सिंचाई योजना सम्पन्न भयो । सिंचाई योजना सम्पन्न भएपछि मात्र कचल फाँटमा सबैका खेतवारीमा प्रशस्तमात्रामा अन्न उत्पादनमा बृद्धि हुँदै आएको छ ।

तिनाउ गाउँपालिका वडा नंं. १ कचलफाँटमा सिंचाईको असुविधाका कारण बाँझा बनेका खेतवारीमा समेत धान मकै, गहँु कोदो, तोरी लगायतका वालिनाली उत्पादन हुँदै आएको कृषकहरू बताउँछन । पहिले पहिले एक छाक खान समस्या थियो, गरिबीको कारण शिक्षा दिक्षा, पठनपाठनमा समस्या थियो तर आज सबै बालबालिकाहरू विद्यालय पुगेका छन, कोही पनि शिक्षा बाट बञ्चित भएका छैनन । तर पनि कचल फाँटमा सिचाईको सुबिधा पुगेपनि व्यबसायिक रूपमा तरकारी खेती गर्न सके सबैको घर घरमा आम्दानी बढ्ने, घर–घरमा रोजगारी बृद्धि हुने हराभरा कचल बन्न कचल कृषि सहकारी संस्थाका अध्यक्ष भोज बहादुर छहरी बताउँछन ।

बर्षभरी एक वालिमात्र खेती गरेका कृषकहरूले अहिले जमिन खाली नराख्ने गरी खेती गरेका छन । पहिले पहिले स्थानीयजातको मात्र विउ विजन प्रयोग गरेका कृषकहरूले अहिले आधुनिक किसिमका विउविजन प्रयोग गरेर उत्पादन बृद्धि गरेका छन । कचलमा अहिले कृषि उत्पादन बढिरहेको छ, जनिमहरू खाली छैनन, कृषकहरूको आयआर्जनमा बृद्धि हुदै गएको तिनाउ गाउँपालिका कृषि प्राविधिक विरेन्द्र शाह बताउछन ।

चामलको भात खान पहिला निकै रहर हुन्थ्यो गाउँमा हुने खाने कम थिए, दुइृ चार पैसा हुनेले मात्र चामलको भात खाने परम्परा थियो अन्यले आटो, कोदो, ढिडोले छाक टार्नु पर्ने अवस्था थियो तर पुराना दिनहरू अहिले सम्झिदा सपना जस्तै हुने गरेको छ, अहिले गोरुको साटो हाते ट्याक्टर बाट खेतवारी खनजोत गर्ने सुखका दिन आएको कृषक कुमारी छहरी बताउछिन ।स्थानीय सरकारका प्रतिनिधी देवबहादुर पुन भन्दछन भौगोलिक भू बनोट अत्यन्तै कमजोर भएका कारण सडक यातायात भरपर्दाै हुन नसक्दा यहाँको उत्पादन बजार पुर्याउन कठिन भएको भएपनि स्थानीय सरकारले सक्दो पहल गरिरहेको उनी बताउछन ।कृषिज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी भन्दछन कचलफाँटलाई उन्नत जातको धान मकै, तोरी पकेट क्षेत्र बनाउन सकिने अवस्था छ, कृषक बाट उन्नत जातको विउ, धान मकै तोरीको विउ उपलब्ध गराउने तयारीमा लागेका छौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?