ट्रेंडिंग:

>> यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती, लुभमा फ्याक्ट्री >> राप्तीका तीन हजार बालबालिकाको पोषण जाँच्ने >> पुलले जोड्दै गौमुखीका दुई गाउँ >> उद्योगी ब्याडमिन्टन प्रतियोगिता >> मतदाताले धैर्य र विवेक पु¥याउने बेला >> बाणगंगामा तेस्रो महिला ब्याडमिन्टन प्रतियोगिताः लैंगिक हिंसाविरुद्ध अभियानको एक पहल >> कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता >> बालबालिकालाई खोप लगाऔं, स्वस्थ बनाऔं >> बाणगंगाको मधुवनधाममा जीवन र बौद्ध धर्मबारे अन्तरक्रिया >> जलवायु परिवर्तनको बहुआयामिक असर >> चेरनेटा–बरौला सडक कालोपत्रे हुँदै >> सिंचाईले कचल गाउँमा कमाल >> गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै >> अन्तर्राष्ट्रिय नियमित उडानका लागि मुख्यमन्त्रीले देखेका गर्नैपर्ने तीन काम >> पश्चिमी वायुको प्रभाव : शनिबार केही ठाउँमा हिमपात हुने >> तुलसीपुर उपमहानगरमा कर्मचारी बढुवा विवादः कानुनी र प्रशासनिक प्रश्नहरू >> अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार >> अन्तशुल्क स्टिकर प्रकरण: विकल र सफललाई ८ वर्ष कैद >> हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण >> नेप्से ८ दशमलव ३० अङ्कले घट्यो, साढे ८ अर्ब रुपैयाँको शेयर कारोबार >> बुटवलका ३ स्थानमा अब ट्राफिक लाइट >> यस्तो छ कर्णालीका पालिकाको अवस्था >> जुन काममा हात हाल्छौं, त्यसबाट परिणाम आउनुपर्छ’– मुख्यमन्त्री आचार्य >> क्रान्तिकारी कम्युनिस्ट महाधिवेशन सुरु >> एम्बुलेन्सबाट ब्राउन सुगर ओसारपसार >> रैनादेविमा रोटरी डाउनटाउनको छात्रा शौचालय परियोजना >> सिह कम्प्लेक्समा अब फ्रेण्डस सिनेमा >> कञ्चनपुरबाट खैरो हेरोइनसहित एक जना पक्राउ >> उद्योगी अग्रवालले ल्याए बजारमा अर्गानिक रत्नम मल >> रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ >> स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै >> प्रधानमन्त्रीको चीन भ्रमणबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै >> बुटवल मेलामा टिकटक प्रतियोगिता गरिने >> रूपन्देही उद्योग संघ स्थापना दिवसमा तीन दिवसीय कार्यक्रम >> इस्मामा ढुङ्गा काट्ने सिप सिकाउँदै >> बुटवल–गोरुसिङ्गे सडकखण्डको काम शुरु >> कपिलवस्तु महोत्सवमा नयाँ खेलः बालुवामा साइक्लिङ >> १५औं कपिलवस्तु महोत्सवको तयारी तीब्र >> रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु >> एनपिएलको उत्साहलाई मर्न नदेउ >> प्रमको चीन भ्रमण र सहयोग विवादको तरंग >> गाई ब्याए किसानलाई दश हजार >> एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन >> भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो >> जनतालाई स्वास्थ्य बीमाले सास्ती >> नया ब्यवस्थापनमा सिजल एण्ड स्पाईस >> न्यायको भरोसा दिँदै पालिका >> सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण शीर्षस्थानमा कायमै >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> १५ औं कपिलवस्तु महोत्सवः महिलालाई डान्स आइडलको नेतृत्व

जलवायु परिवर्तनको बहुआयामिक असर

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

केही वर्षयता जलवायु परिवर्तनको चर्चा निकै चलेको छ । चर्चा चल्नुमा पनि सत्यता छ । कहिलेकाँही वास्तविकता नभएको कुरामा बढ्ता चर्चा चलेको समेत सुन्न पाइन्छ तर वास्तवमा जलवायु परिवर्तन भएर मात्र चर्चा चुलिएको छ । हामी दिन प्रतिदिन जलवायु परिवर्तनको चपेटामा पर्दैछौं । यसको असर नेपाल जस्ता मुलुकलाई प्रत्यक्षरूपमा परिरहेको छ । यही गतिबाट जलवायु परिवर्तन हुँदै जाने हो भने भोलीको दिनमा भयावह अवस्था हुने देखिन्छ । यसकारण हामी नेपालीहरूले अलिक जोडका साथ यसको चर्चा गर्नु आवश्यक छ । हामी कक्षामा भूगोल पढने समयमा नेपालको उत्तरी भागमा रहेको हिमालमा १२ हजार फिट भन्दा माथि सधै हिंउँ जमिरहन्छ भन्ने कुरा सुनेको थियौ तर आज त्यो हिमरेखा केही माथि सरिसकेको छ । प्रायः गरेर हवाई मार्गबाट यात्रा गर्दा निकै पटक आफ्नै आँखाले उक्त हिमरेखा जसमा पहिले हिंउँ परेका सेताम्मै भएको भागमा आजभोली त्यो रेखा केही माथि सरेको र पहिले हिंउँ परेको पहाडमा आजभोली हिंउँ पग्लिएर पुरै कालो पोतिएको देखिने गर्दछ । यो रेखा प्रति वर्ष माथि सरेको भान हुन्छ । हिमरेखा माथि सरेको भागमा पनि पुरै भागमा हिंउँ देखिदैन । सरेको हिमरेखा भन्दा माथि बीच बीच भागमा पनि कतै कतै काला भागहरू देखिन्छन् । यसबाट पनि हाम्रो जलवायुमा असर परेको भन्न सहजै सकिन्छ । यही प्रकारले जलवायुमा परिवर्तन हुँदै जाने हो भने भोलीको दिनमा झन भयावह अवस्था आउँदैन भन्न सकिन्न ।

जलवायु परिवर्तनको कारक तत्व मानव नै हो । त्यसमध्येमा हामी पनि केही मात्रामा दोषी हुन सक्छौं । त्यसभन्दा बढ्ता कार्वन उत्सर्जन गर्ने मुलुक र त्यो मुलुकका अधिकांश नागरिक पर्दछन् । हिंउँ पग्लनका लागि तापक्रम वृद्धि हुनुपर्दछ । तापक्रम वृद्धि हुनका लागि कार्वन बढी उत्सर्जन भए पश्चात तापक्रम बढ्ने कुरा वैज्ञानिकहरूले सिद्ध गरेको कुरा हो । यही कुरालाई मनन गर्ने हो भने हामीले कार्वन उत्सर्जन गर्ने मुलुक वा तत्वलाई कसरी न्युनिकरणको अभियान चलाउन आवश्यक भएको भन्ने बुझ्न सकिन्छ । जलवायु प्ररिवर्तनले हिमाल रित्तिदै जाने मात्र होइन यसको साथमा समुद्रको पानी बढ्न सक्दछ । तापक्रम वृद्धि हुनु भनेको मानव स्वास्थ्यको लागि प्रत्यक्ष असर पर्ने कुरा हो । यसबाट अन्न उत्पादन तथा फलफूल लगायत विविध वाली बोटलाई असर पर्दछ । ठिक समय अर्थात ठीक मौसममा फूल्ने तथा फल्ने फलफूलहरू वेसमयमा फूल्ने र फल्ने साथै वेसमयमा पाक्ने समेत हुन जान्छ । वेसमयमा फल्ने र पाक्ने फलले ठीक समयमा पाक्ने फलले जस्तो स्वाद र शक्ति दिन सक्दैन । यसबाट पनि हामीले फल खायौं भन्ने मात्र हुनजान्छ । केही मात्रामा आजभोली पनि यही भोगिरहेका छौं ।

जलवायु परिवर्तनका लागि कार्वन उत्सर्जन गर्ने मुलुकहरूबाट नेपालले क्षतिपूर्तिको प्रस्ताव गरेको छ । प्रस्ताव गरेर क्षतिपूर्ति त पाईएला, त्यो रकमले हामीले यहाँ हुने जलवायु परिवर्तनलाई रोक्न सक्दैनौं । हामीले पाउने रकम लाखमा होला वा करोडमा होला । त्यो लाख करोडले हाम्रो हिमाल पग्लिनबाट रोक्न सक्छ र ? मौसममा हुने परिवर्तन रोक्न सक्छ र ? हामीले क्षतिपूर्तिको साथमा तिमीहरूले गर्ने कार्वन उत्सर्जनलाई न्यूनिकरण गर वा क्रमशः कम गर पनि भन्नुपर्दछ । हाम्रा हिमाल पग्लिदै गए भने हामीले भोग्नुपर्ने विनासको जिम्मा कसले लिन्छ ? हिमालको हिउँ पग्लिएर पानी बन्ने र त्यही पानी आवश्यक भन्दा बढी भएर हिमताल फुट्ने खतरा र त्यसबाट हुने क्षतिलाई कसरी रोक्न सकिन्छ ? हामीले यसतर्फ पनि सोंच्नुपर्दछ । हामीले लगाएको अन्नवालीमा र फलफूल तथा तरकारीमा हराउँदै गएको स्वाद र शक्ति कहाँवाट प्राप्त हुन्छ ? हामीले पाएको क्षतिपूर्तिको रकमले हामीले यसभित्र स्वाद भर्न सक्छौं ? यो कदापि सकिनै छैन् ।

हामी नेपालीहरूको केही पहिचानका सूचकहरू छन् । त्यसमध्येको हिमाल अनि जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक भनिन्छ । हिमाल बचाउन सकिएन भने के होला अनि वेसमयमा हाम्रा नदीहरूमा पानी सुक्दै जाने दिन आयो भने हामी जलस्रोतमा दोस्रो धनी मुलुक भन्ने पहिचान समेत हटने छ । हामी भर्खरमात्र विद्युतमा आत्मनिर्भर भएर थोरै मात्र विदेश निर्यात गर्ने भएका छौं । यो समेत रोकिएर हाम्रो आत्मनिर्भरता भन्ने शब्द मन मष्तिस्कबाट झिक्नपर्ने हुनेछ । आत्मनिर्भरता शब्द त मनबाट झिकौंला तर हामीलाई चाहिने विद्युत कहाँबाट प्राप्त गर्ने ? यी पंक्ति कोरिरहँदासम्म हामी नेपालीको जीवन शैली विद्युतबाट निकै फेरिएको छ । हामीले प्रयोग गर्ने हरेक उपकरण तथा साधनहरू विद्युत चाहिने भएका छन् । गोजीमा बोक्ने मोवाइल फोनदेखि लिएर विद्युतीय गाडीसम्म हामी प्रयोग गर्ने भएका छौं । त्यो मात्र होइन आज धेरैका भान्सामा विद्युतीय चुलो समेत प्रयोग हुन थालेको छ । साना साना बस्तुहरू समेत विद्युतबाट चार्जगरेर चल्न सक्ने बनाइएको छ । यी सबै उपकरण र साधनहरूको आवश्यक विद्युत भएन र फेरी लोडसेडिङ भोग्नु प¥यो भने हामीलाई दास युगमा फर्किएको अनुभूति हुने छ । हामीले दासयुग भोगेका होइनौं । दासयुगको वारेमा पढेका मात्र हौं । हिंजोका दिनमा लामो समयसम्म दियालो (जसलाई गाउँघरमा झर्को भनिन्छ) त्यसपछि तेलको वत्ती अनि मट्टीतेलको टुकी वा लालटिन बालेर गुजारा गरिएको अहिलेपनि ताजै याद छ । के हामी फेरी दियालो युगमा फर्कन सक्छौं ? अथवा त्यो टुकी वा लालटिन युगमा फर्कन सक्छौं । विद्युत प्राधिकरणका अनुसार नेपालको शहर तथा ग्रामिण वस्तीहरू विद्युतको पहूँच पुग्न कम मात्र क्षेत्र हरेको भन्ने सूचना प्राप्त भएको छ । यसलाई सत्य मान्ने हो भने अव केहीसमय भित्र हाम्रो मुलुक पुरै विद्युतको पहूँच भएको हुने छ तर जलवायु परिवर्तनका कारणले हुने क्षतिले उत्पादनमा कमी आउँदै गयो भने हामीले विद्युतको माग कसरी पूरा गर्न सक्छौं ? आफ्नै मुलुकमा पूरा गर्न सकेनौं भने विदेश निर्यात गरेको कुरा पनि इतिहासको कुरा बन्न जाने छ । मौसम परिवर्तनले एक स्थान वा एक वस्तुमा मात्र प्रभाव पार्दैन यसले व्यापक प्रभाव पार्दछ । यो कुरा कुनै एकादेशको कथा होइन हामीले विस्तारै यही कुरा भोग्दै आइरहेका छौं । अनावृष्टि अतिवृष्टि पनि यहि जलवायु परिवर्तनको असर भनिन्छ भने जलवायुमा आएको यो परिवर्तनले केही वर्ष यता हामीलाई कति नोक्सान व्यहोर्ने बनाएको छ भन्ने कुरा हामी नेपाली सबैले भोगेका कुरा त हो नी । जलवायु परिवर्त रोक्न वा वचाउन एक दुईजनाको प्रयासले हुँदैन । हुन त एक एक व्यक्ति यसका जिम्मेवार त हुन्छन नै तर अहिले जसले विभिन्न उद्योग तथा कलाकारखानका साथा अन्य बस्तुको प्रयोगबाट जलवायुलाई असर परिरहेको छ यसैबाट धेरैकुरा बुझ्न सकिन्छ । यो कुनै खेलवाडको विषय होइन । समयमा आम नेपाली चनाखो हुन जरुरी छ । हुन त हरेक कुरा सरकारको जिम्मामा लगाउने गर्दछौं । एक हिसावले यो वेश होला तर हामी पनि यो मुलुकका जिम्मेवार नागरिक भएको नाताले हामी अफूले आफ्नो कर्तव्य सम्झनु पर्दछ । जलवायु परिवर्तनको असर कुनै मुलकका राज्य सञ्चालकहरूमा मात्र पर्दैन । विश्वका सबै नागरिकहरूको जिम्मामा पर्दछ । यसकारण जलवायु संरक्षणमा हाम्रो कर्तव्य हो यसैले सबैले उत्तिकै ध्यान दिन जरुरी । चेतना भया ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?