ट्रेंडिंग:

>> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने >> एमालेको जग्गा बिबाद सर्वोच्चमा, हेर्न नभ्याइने भन्दै पाँचौं पटक स्थगित >> मगर साहित्य महोत्सवको तयारी पूरा >> बुटवलका ३ स्थानमा अव घुम्ती शौचालय

कृषिमा अर्गानिक उत्पादनलाई प्राथमिकता

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

बुटवल, १४ मंसिर ।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ ।
कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिईएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी बताए । यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य बस्तुका स्टललाई प्राथमिकताका साथ विशेष छुट प्रदान गरिएको छ । कृषिमा व्यवसायिक विकासका लागि युवा सहभागिता र लगानी अभिबृद्धि गर्नको लागि कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार कृषि प्रविधि, हलो उन्नतीकरण लगायत स्थानीय उत्पादन समावेश गरिने छ ।

त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सामुहिक कृषि सूचना केन्द्र रहनेछ । त्यसैगरी कृषिमा डिजिटल विकासका बारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसंग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम समेत गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताए । १६ दिनसम्म चल्ने मेलामा कृषिसंग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिईनेछ । डेरीजन्य उत्पादनका विविधिकरण खिर, कुरौनी, कपि लगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य संघ डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराए । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा कृषि सहित सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटल समेत गरी करिव ५ सय स्टल सहभागि गराईने कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ् समितिका समन्वय कर्ता सुरज भट्टराईले जानकारी जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?