ट्रेंडिंग:

>> ‘राज्यको निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्छौं’ >> गौरीशंकरको उपाध्यक्षमा एमालेकी उमा मगर विजयी >> कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी >> दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु >> नेपाल सेनाद्धारा सकल दर्जाका उत्कृष्ट एकल महिला सम्मान >> रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री >> २५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ >> एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित >> घोराही तुलसीपुर सडक अवरुद्ध >> यस्तो छ कर्णालीका आठ पालिकाको नतिजा >> आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह >> पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादीकी नरपुरा विजयी >> बर्दियाको ठाकुरबाबा ४ मा नेपाली काँग्रेस विजयी >> रूपन्देही क्रिकेट संघले दियो ७ खेलाडीलाई मासिक ५ हजार सुविधा >> कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई >> ‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाकाे नै मुल्य २४ सय >> कीर्तिपुर-४ मा स्वतन्त्रबाट खोस्यो कांग्रेसले वडाध्यक्ष >> बुटवल कालिका क्याम्पसले ११ औं वार्षिकोत्सव मनाउँदै >> थाइल्याण्डले तस्करी गरेर ल्याएका १ हजार लोपोन्मुख जनावर माडागास्करमा फिर्ता पठायो >> प्रधानमन्त्री ओली चीन प्रस्थान >> ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो >> इमरान रिहाइ मागमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो >> एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै >> यामाहाद्वारा बुटवलमा माइलेज च्यालेन्ज र ¥याली >> प्रमको चीन भ्रमण र ‘ब्रेक थु्र’ को अपेक्षा >> गोरक्षक, वीर गोरखा नेपाली >> डिजिटल कक्षामा रमाउदै–सिक्दै >> मुसिकोटमा घरघरमा पानी, हट्यो दजाकोटबासीको हैरानी >> मगर साहित्य महोत्सवमा देशभरका साहित्यकार जुटने >> प्रारम्भिक कक्षा सिकाइ बिद्यालय अनुदान कार्यक्रमको शुभारम्भ >> दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित >> प्रधानमन्त्री ओलीको चीन भ्रमण आजदेखि >> काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी >> स्वामिकार्तिक खापरको उपाध्यक्ष एमालेले जित्यो >> दिगोपन हुने परियोजनामा काम गरौ — नगरप्रमुख पाण्डेय >> कीर्तिपुर-१ को वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित >> गुल्मीको मुसिकोटमा काँग्रेस उमेद्वार विजयी >> जसपाका सहित चार उमेदवारको शुन्य मत >> शुद्धोधन–१ मा एमालेका ताहिर विजयी >> रोल्पा रुन्टिगढीमा कांग्रेसका भूपमणि पुनमगर विजयी >> अवैध मदिरा बनाउने सामान सहित एक जना पक्राउ >> शिवराज नगर युवा परिषद्का पदाधिकारीहरूको सपथग्रहण >> अपडेटः बाणगंगा दुर्घटनाका घाइतेको मृत्यु >> दाङमा एचआईभी संक्रमितको संख्या गत वर्षभन्दा बढ्यो >> एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक >> तितेपाती महिला सहकारी संस्थाको बाह्रौं वार्षिक साधारण सभा >> ग्याष्ट्रो सेन्टर बुटवलद्वारा एक वर्षमै २५ सय बिरामीको सफल उपचार >> कपिलवस्तु बाणगंगामा विङ्गर दुर्घटना, एकजना गम्भीर घाइते >> आज नेप्से ९.९९ अंकले घटयो >> रवि लामिछानेकाे बयान आज पनि सकिएन, बाँकी भाेली हुने

गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

बुटवल, १४ मंसिर ।

गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् । अहिले भइरहेको उडानलाई नियमित राख्न आठ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्ने गरी प्रविधिमा आधारित प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आइएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो ।”

आरएनपीएआर जडानका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना जारी गर्नुपर्ने भएकाले एक महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृति लिएर काम पूरा गर्ने गरी प्रव्रिmया अघि बढेको उनले जानकारी दिए ।

उनका अनुसार हाल भैरहवामा परम्परागत प्रविधि (भिओआर डिएमई) मा आधारित उडानका लागि १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । त्यहाँको उडानलाई सुरक्षित बनाउन जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालनमा समस्या देखिएपछि भू–उपग्रह (सेटेलाइट बेस नेभिगेसन) मा आधारित रहेर आरएनपी एआर जडान हुन लागेको उनको भनाइ छ ।

आरएनपी एआर भू–उपग्रहमा आधारित अवतरण प्रणाली रहेको र आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि भएकाले आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने उनले बताउनुभयो । यो प्रणाली कार्यान्वयनमा ल्याउन विमानचालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रव्रिmया पूरा गरेपछि आठ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्ने उनको भनाइ छ ।

प्राधिकरणले करिब एक अर्ब रुपियाँ खर्च गरेर जडान गरेको आइएलएसको ‘फ्रिक्वेन्सी’ भारतको एरोबेसमा परेपछि भारतले सञ्चालन गर्न अनुमति नदिएका कारण त्यसको विकल्पमा आरएनपी एआर प्रविधि जडान गर्न लागिएको हो । उक्त प्रविधि सञ्चालनमा आए बाक्लो हुस्सु र कुहिरो लागेको समयमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न सकिने प्राधिकरणको दाबी छ ।

हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित छ, जसको मद्दतले ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?