ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

पुलले जोड्दै गौमुखीका दुई गाउँ

१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

प्यूठान, १४ मंसिर ।
प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा गाउँलाई लामो झोलुङ्गे पुलले जोड्दैछ । पुलको बिहिबार प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीले शिलन्यास गरेका छन् । गौमुखी गाउँपालिकाको वडा नं. १ लामाडाँडा देखि वडा नं. ३ को देउराली जोड्ने गरी पुल निर्माण थालिएको सस्पेन्सन बृज डिभिजन कार्यालय ललितपुरका इन्जिनियर गोपाल थापाले जानकारी दिए । पुल निर्माण गर्न दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थापाले बताए । ३ सय ६५ मिटर लम्बाइ र १ सय ८० मिटर अग्लो पुल २०८२ मङ्सिर २७ मा सम्पन्न गर्नेगरी अधिकारी-अपर तामाकोसी जेभीले ठेक्का सम्झौता भएको छ ।
पुलको शिलन्यास गर्दै प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले जिल्लाकै लामो र अग्लो आयोजनाको रूपमा रहेको यस झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड दिए । निर्माण कम्पनिका प्रतिनिधि प्रकाश डाँगीले साइड शो, फाउण्डेशन तयार भएकोले आगामी असारसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।

१८ वटा लठ्ठा रहेको झोलुङ्गे पुल निर्माणले सो क्षेत्रमा रहेको गौमुखीको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । झण्डै साढे दुई घण्डा लगाएर पुग्न सकिने अर्खा र रजवाराको गाउँलाई पुल निर्माणले आवतजावतले सहजता ल्याउने स्थानीय मुक्ति रानाले खुशी व्यक्त गरे । लामिडाडाँबाट देउराली पुग्न हिडेर १ घण्टा ३० मिनेट पुगिन्थ्यो भने, यातायातमा ११ किमि घुमेर पुग्न सकिन्थ्यो । पुल निर्माणले धेरै सहज हुने रानाले बताए । सस्पेन्सन बृज डिभिजन कार्यालयका अनुसार पुल निर्माणले अर्खा र रजवाराका १ हजार पाँच सय जना लाभान्वित हुनेछन् । पुलको निर्माण सम्पन्न हुँदा गाउँका सर्वसाधारणलाई आवत जावत गर्न सहज हुने र पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको आशा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?